logo

१४ गते दिउँसो भीषण वर्षा हुन्छ, विहानै भोट हाल्नुस्

866 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14-gateko-mansoon-mapकाठमाडौं – मौसमविद्ले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्ष हुने सम्भावना रहेको भन्दै उनीहरूले मतदातालाई यस्तो सुझाव दिएका हुन् ।

निर्वाचनको दिन (बुधबार) बिहान ७ बजेअघि वर्षा भए पनि ७ बजेपछि प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनसम्मको मौसमी पूर्वानुमान गर्ने महाशाखाले दोस्रो चरणको निर्वाचन हुने प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा बुधबार मध्याह्नपछि भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार बिहान ७ बजेको समयमा प्रदेश १ का पूर्वी जिल्लाहरूमा सामान्य वर्षा हुनेछ ।

प्रदेश–५ र ७ प्रदेशमा भने ७ बजेदेखि नै बादलले ढाके पनि पानी नपर्ने जनाएकोे छ । ‘मनसुनको समय भएकाले मुलुकमा मनसुन सक्रिय अवस्थामा नै छ,’ मौसमविद् समीर श्रेष्ठले राजधानीसँग भने, ‘बिहानको समयमा कम वर्षा भए पनि मध्याह्नपछि भने बढी वर्षा हुने सम्भावना छ ।’

लगातार झरी नपरे पनि मौसम बदली भई कुनै पनि बेला पानी पर्ने मौसमविद् श्रेष्ठको अनुमान छ । उनले पहाडी जिल्लामा मतदाताहरूको आवतजावत गर्न कठिन हुने भएकाले बिहानको समयमा मतदानमा सरिक हुँदा भिज्ने सम्भावना कम रहेको बताए ।

बिहानको समयमा मतदानलाई छिटोभन्दा छिटो सञ्चालन गरेको अवस्थामा पहाडी र हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा धेरै मतदाताले मत खसाल्ने पाउनेछन् । मध्याह्नपछिको सयममा भने बढी वर्षा हुने पूर्वानुमान भएकाले पनि त्यसतर्फ सचेत भई मतदाताले पनि बिहानै मतदान केन्द्र पुग्दा राम्रो हुने मौसमविद्को सुझाव छ ।

‘मध्याह्नपछि बिस्तारै मनसुनको मात्रा बढ्दै जानेछ भने ३० देखि ४० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘तुलनात्मक रूपमा प्रदेश–१ मा बढी वर्षा भए पनि प्रदेश–५ र ७ मा भने कम वर्षा हुने देखिन्छ ।’

निर्वाचनको सयममा राखिएको मतदान केन्द्रहरू पानीले भिज्न सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । मतदान केन्द्र वर्षाले नभिज्ने गरी निर्माण गर्नुपर्ने र मतदाताले लाइनमा बस्दा पनि नभिज्ने गरी व्यवस्थापन गर्न मौसमविद्को सुझाव छ ।

बाढी पहिरोको जोखिम

२९ जेठमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन मुलुकभरि फैलन आठ दिन लागेको थियो । विगतको तुलनामा कमजोर रूपमा प्रवेश गरेको मनसुन सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागअन्तर्गको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दलका कार्यकर्ताहरूले मत माग्ने क्रममा नै झरीको सामना गरेको थिए । सोमबार पनि मुलुकको केही स्थानमा भारी वर्षा भएको थियो । रातको सयममा बढी वर्षा हुने र दिउँसो घाम लाग्ने गरेकाले मतदानको दिन बाढीपहिरोसमेत जान सक्ने पूर्वानुमान गरिएको छ ।

पानी पर्ने क्रम यसरी नै बढे बाढी र पहिरोको समेत जोखिम हुने भएकाले मतदानस्थल र मतदाताको सुरक्षामा विशेष ध्यान दिनुपर्ने मौसमविद्को सुझाव छ ।
मनसुन सक्रिय भएकाले मतदाता स्वयंले पनि आफ्नो सुरक्षाका लागि पानीबाट जोगिनका लागि आवश्यक सामग्री साथमा बोक्नुपर्ने मौसमविद्को सुझाव छ । बिहानको समयमा कम वर्षा हुने अथवा वर्षा नै नभएपनि मध्याह्नपछि वर्षा हुने भएकाले मतदानमा जाँदा ‘पानी पर्दैन’ बेवास्ता गर्न नहुने मौसमविद्को सुझाव छ ।

महाशाखाका अनुसार मुलुकभरको मौसमी अवस्थाको विश्लेषणले बिहानदेखि मध्याह्नसम्म छिटफुट वर्षा भए पनि १२ बजेपछि २७ देखि ६० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान छ । मध्याह्नपछि साँझ ५ बजेसम्म नै तराईका जिल्लामा छिटफुट वर्षा हुनेछ भने पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्नेछ ।

-राजधानी दैनिकबाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic