रैकरखोला खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

890 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pani-696x522धादिङ । सिद्धलेक गाउपालिका वडा नम्वर ५ कुम्पुरमा संचालित रैकरखोला खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ । भुकम्पपछि उत्पन्न खानेपानी समस्या समाधान गरि गाउबासीलाई राहत पु¥याउने उद्देश्यले अक्सफाम धादिङको सहयोगमा फोकस नेपाल धादिङले आयोजना संचालन गरेको हो । आयोजनाअन्तर्गत कुम्पुरमा पानीको ट्याङ्की निर्माण गरि प्रत्येक टोल टोलमा खानेपानीको धारा निर्माण गरिएको छ । यसरी गाउमा खानेपानी आएसँगै गाउबासीमा खुशियाली छाएको छ । आयोजनाको  सांसद गुरुप्रसाद बुर्लाकोटी र समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्टले संयुक्त रुपमा धारा खोलेर उद्घाटन गर्नुभएको छ । भुकम्पपछि गाउमा खानेपानीको समस्या थियो । पानी लिन घण्टौं धाउनुपर्ने बाध्यता थियो । अहिले अक्साफाम र फोकस नेपालले गाउमा खानेपानीको व्यवस्था मिलाइदिएपछि समस्या समाधान भएको स्थानीयले बताएका छन् । पानी आएपछि जिविकोपार्जनसँगै तरकारी खेति, पशपालनमा समेत सहयोग मिलेको स्थानीयले बताएका छन् ।
कुम्पुरमा संचालन भएको उक्त खानेपानी आयोजनाबाट ७३ घरधुरी लाभान्वित भएका छन् । भुकम्पपछि अक्सफाम नेपाल र फोकस नेपालले सिद्धलेक गाउपालिकाको विभिन्न गाउमा गरि ५ वटा खानेपानी आयोजना संचालन गरेको छ । यसैबिच आजै रैकरखोला आयोजनाको अनुगमन पनि गरिएको थिया । अनुगमनमा सिद्धलेक गाउपालिका प्रमुख प्रेमनाथ सिलवाल, फोकस नेपाल र अक्सफामका कर्मचारीहरु लगायत पत्रकार टोलीको सहभागिता रहेको नागरिक पाटीले खबर लेखेको छ ।