पिसावबाट चार्ज हुन सक्छ तपाईको स्मार्ट फोन !

915 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

toiletएजेन्सीः यो सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर अब पिसावबाट स्मार्ट फोन चार्ज सम्भव हुन सक्नेछ ।

एक अनौठो प्रयासका माध्यमबाट पिसाबलाई विजुलीको करेन्टमा बदल्न बेलायतका वैज्ञानिकहरु जुटेका छन् । बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानिकले अहिले यो प्रोजेक्टमा काम गरिरहेका छन् ।

यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो–एक्टिभ सुक्ष्मजीवहरु निकालेर कयौं सिलिण्डरहरु भरेका छन् । यी यस्ता सुक्ष्म जीवहरु हुन, जो फोहोर पानी र पिसाबमा रहन्छन् ।

यसपछि यी सुक्ष्मजीवहरुबाट इलेक्ट्रोनको निर्माण हुनेछ जसबाट विजुली उत्पादन गर्न सकिनेछ ।

वैज्ञानिकहरुका अनुसार दुई लिटर पिसावबाट ३०–४० मिलिवाट विजुली उत्पादन हुने अनुमान गरिएको छ ।

र यो विजुलीको प्रयोग फोन चार्ज गर्न या बत्तीबाल्न प्रयोग गर्न सकिनेछ ।

बीबीसी