चालक सहित त्रिशूलीमा खसेको टिप्पर अझै भेटिएन

1460 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tiiper-2-27072017124638-1000x0(चाम्वास) धादिङ १२ साउन :धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ मा पर्ने विहानी पम्प नजिकैको चाम्वास स्थित पृथ्वीराजमार्गबाट ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
सिद्धलेक गाउँपालिकाको फिसफिसेटार बाट वालुवा लिनका लागि गजुरी तर्फ जादैँ गरेको बा ४ ख ५१४६ नम्बरको  ट्रिपर  सडक देखि २५ मिटर  तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको गजुरी प्रहरीले जनाएको छ ।
चालक काले  भनिने  सागर परियार र उनले साथीका रुपमा लिएर आएका सिद्धलेक गाउँपालिका फिसफिसेटारका २१ वर्षका भोजराज थपलिया हराइरहेका छन् । सुतिरहेका थपलियालाई चालक परियारले जवरजस्ति उठाएर साथीका रुपमा लिएर गएको थपलियाका आफन्तहरुले वताएका छन । थपलिया यस अघि ट्रयाक्टर चालकको काम गर्दथे । एक महिना अघि थपलियाले चलाएको ट्रयाक्टरले नलाङमा एक वालिकाको ज्यान गएपछि थुनामा परेका थपलिया केही दिन अघि मात्रै थुनामुक्त भएका थिए ।

सडक छेउका ४ वटा प्याराफिट ढाल्दै २५ मिटर तल त्रिशूली नदीमा खसेको थियो । टिप्पर खसेको पुलबाट तर्दै गरेका बटुवाहरुले देखेपछि नजिकैको गजुरीस्थित प्रहरीलाई खबर गरेका थिए । हराइरहेकाहरुको  खोजीमा स्थानीय,नेपाल प्रहरी, सशस्त्र प्रहरीलागेका छन् । बाढीका कारण त्रिशूलीमा पानीको बहाव बढेकोले खोजीमा समस्या भएको प्रहरीले बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाका अनुसार डुबेको टिप्पर र  वेपत्ता २ जनाको खोजिका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको राजमार्ग उद्धार टोली परिचालन गरिएको छ ।