साविक गोगनपानी गा.वि.स. खुल्ला दिशामुक्त घोषणा

1351 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_3537महादेवबेसी,१६ साउन  : स्थानीय तहको सिमाना छुट्ट्याउँदा २ गाउँपालिकामा परेको साविकको गोगनपानी गाविसलाई सोमबार देखि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गल्छी गाउँपालिका वडा नं. ८ र थाक्रे गाउँपालिका वार्ड नं. ११ लाई सोमबार देखि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।  ।
गाउँ खुला दिशामुक्त क्षेत्र तथा स्वच्छता समन्वय समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेश आचार्यको प्रमुख आतिथ्य एवं थाक्रे गाउँपलिकाका अध्यक्ष  रामकुमार आचार्यको विशेष आतिथ्य रहेको थियो । साविकको गाउँपालिकालाई ९४ प्रतिशत भन्दा बढि घरधुरीमा शौचालय निर्माण गरेको र ६ प्रतिशत घरधुरीले संयुक्त शौचालय प्रयोग गर्ने गरेको घोषणा कार्यक्रममा जानकारी गराईएको थियो ।

IMG_3512
कार्यक्रममा विभिन्न स्वास्थ्य तथा सरसफाइ सम्वन्धि सचेतनामूलक प्लेकार्ड, व्यानर सहित पञ्चेवाजाले गाउँ परिक्रमा गर्दै कार्यक्रम स्थलबाट प्रमुख जिल्ला अधिकारीले साविकको गोगनपानी गाविस खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको थियो । कार्यक्रममा जिल्ला विकास समितिका प्रमुख इन्जिनियर भरत अर्याल गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना, थांक्रे गाउँपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, वडा नम्बर ११ वडाअध्यक्ष रवि ओझा, वडा सदस्य उर्मिला रेग्मी,गल्छी गाउँपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र रेग्मी,गल्छी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भरत तामाङका साथै विभिन्न संघ संस्था निकाय, विद्यालय, कलाकार, स्काउट, महिला स्वास्थ्य स्वयंसेविका, एव. जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा अहिले चर्चामा रहेका तिज गित पचासहजारको साडी का गायिकाद्धय यशोदा र दुर्गा विडारी, उत्सव लामा, रजनी लामा को सांगितिक प्रस्तुतीका साथमा जनजागृति स्काउट ट्रुपबाट विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।

 

IMG_3509

IMG_3524IMG_3511

IMG_3537IMG_3540

 

 

 

 

 

 

 

 

 

 

तस्बिर सौजन्य  : उज्यालो न्यूज