सिड्स धादिङलाई कर्मचारी आवश्यकता

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  

imagesचन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज २०५२ सालदेखी धादिङ जिल्लामा सामाजिक परिचालन, सामुदायिक पूर्नरनिर्माण, क्षमता विकास र सचेतनामुलक गतिबिधि बिभिन्न बिकासका साझेदार सस्थाहरुको सहकार्यमा स्थानिय निकायको समन्वयमा प्रभाबकारी कार्यन्वयन गरिरहेको एक गैर नाफा मुलक सामाजिक सस्था हो । यसै सन्र्दभमा सस्थाले नेपाल सरकार र स्वीस सरकार विचको द्धिपक्षिय सम्झौतामा हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल संगको साझेदारीमा स्थानिय सेवा प्रदायक सस्थाको तर्फवाट सेप्टेम्वर २०१४ देखी सुरक्षित आप्रवासन (सामी) परियोजना धादिङ जिल्लामा कार्यान्वयन गर्दै आईरहेको छ ।

यस परियोजनाको लागी तपशिलमा उल्लेखितका कर्मचारीहरुको आवश्यकता रहेकोले योग्यता र अनुभव भएका नेपाली नागरीक वाट आवश्यक कागजात सहित निवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ ।
विज्ञापनः ०१/०७४/०७५
पदः सुचना तथा परामर्शकर्ता (महिला मात्र)
आवश्यक संख्याः १ (एक जना)
न्युनतम शैक्षिक योग्यताः कम्तिमा प्रविणता प्रमाणपत्र तह, कक्षा १२ उर्तिण गरेको ।
आवश्यक अनुभवः कम्तिमा ३ वर्ष सामाजिक परिचालनको क्षेत्रमा काम गरेको । कम्युटरमा आधारभुत ज्ञान भएको ।
परामर्शकर्ताको हकमा स्थानीय भाषा वोल्न सक्ने तामाङ समुदायको महिलालाई विशेष प्राथमिकता दिईनेछ ।

बिज्ञापन नः २/०७४/०७५
पद : सामाजिक परिचालक
आवश्यक संख्या : १ (एक)
न्यूनतम शैक्षिक योग्यता : कम्तिमा प्रविणता प्रमाणपत्र तह, कक्षा १२ उर्तिण गरेको ।
आवश्यक अनुभव :  कम्तिमा २ वर्ष सामाजिक परिचालनको क्षेत्रमा काम गरेको । कम्युटरमा आधारभुत ज्ञान भएको । परीक्षाको किसिमः लिखित,अन्तरवार्ता र प्रयोगात्मक

बिज्ञापन नः ३/०७४/०७५
पद : रिर्टनि स्वयंसेवक
आवश्यक संख्या : ८
आवश्यक योग्यता : बैदेशिक रोजगारीमा (खाडी मुलुक र मलेशिया वाट) कम्तीमा २ वर्ष काम गरी फर्किएर अव बैदेशिक रोजगारीमा नजाने निर्णय गरी वसेका र कम्तीमा कक्षा ८ उर्तिण भएको ।
रिटर्नी स्वयंसेवक को हकमा ज्वालामुखी गाऊँपालिका अन्र्तगत (साविका गा.बि.स मैदी र चैनपूर), सिद्धलेक गाऊँ पालिका (साविकको कुम्पुर गाविस) गल्छी गाऊँ पालिका (साविकको कल्लेरी र बैरेनी गाविस) र थाक्रे गाऊँ पालिकाको (साविकको केवलपूर गाविस) भित्रका योग्यता पुगेका विदेश वाट फर्किएर आएका महिला तथा पुरुषहरुले आवेदन दिन सक्नुहुनेछ ।
परिक्षाको किसिम : अन्तरवार्ता
……………………………………………………………………………………………………………………..
निवेदन दिने अन्तिम मितिः २०७४ भाद्र २ गते सम्म तोकिएको पदमा आवेदन दिनका लागी आफुले हाशिल गरेको शैक्षिक योग्यता,प्रमाण पत्र,नागरीकता,अनुभव प्रमाणित हुने कागजात सहित संस्थाको जिल्ला सम्पर्क कार्यालय धादिङवेशी, सुगमटोल र मुख्य कार्यालय रहेको थाक्रे गाउँपालिका ११, महादेववेशी मा आवेदन दिन सकिनेछ ।
प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई मात्र परीक्षामा सहभागी गराईनेछ । छनौट गर्ने अन्तिम अधिकार छनौट समितिमा निहित रहनेछ ।
नोटः दलित,महिला,जनजाती,अल्पसंख्यक लाई प्राथमिकता दिईनेछ ।
थप जानकारीका लागि  :

सम्पर्क नम्वरः ०१०–५२०४९३ ईमेल [email protected]
टेलिफोन वा अन्य प्रकारका प्रभाव पार्न खोज्ने लाई परीक्षाको अवसर उपलब्ध गराउन समिति वाध्य हुनेछैन ।