सिद्धलेक गाउँपालिकामा ३ वटा वडा कार्यालय भवन निर्माण सुरु 

3240 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

local--houseधादिङ– धादिङका अधिकांश गाउँपालिका कार्यालय अहिले भाडाको घरमा कार्यालय संचालन गरिरहेका छन केहीले भने आफ्नै भवना बनाउन जग्गाको खोजी गरिरहेका छन । यता सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिका कार्यालय संचालनका लागि भन्दै जिल्ला समन्वय समितिको भवन कव्जाको प्रयासमा लागिरहेको बेला छिमेकी सिद्धलेक गाउँपालिकाले नमुना कार्यको शुरुवात गरेको छ । यसै क्रममा सिद्धलेक गाउँपालिकाले भने वडा कार्यालयको निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम थालेसँंगै गाउँंपालिकाको आफनै भबन बन्ने क्रम सुरु भएको छ ।

जिल्ला सिद्धलेक गाउपालिकाको वडा नं १, ४ र ७ को तीन वटा वडा कार्यालय भबन बन्ने क्रम सुरु भएको छ। यसका लागि सिद्धलेक गाउँंपालिका र गोर्खा इको प्यानलवीच सम्झौता भएको गाउँपालिकाका कार्यकारी अधिकृत लक्ष्मणप्रसाद भट्टराईले वताउनु भयो ।

वडा नं १ को गहतेटार, वडा नं ४ को अरवास र वडा नं ७ को पिपलटार माझीगाउँंको गाउँंपालिका वडा कार्यालय तीन वटा कोठा, एउटा  हल र एउटा बाथरुम सहितको बन्न लागेको हो ।

तीन वटै वडाको वडा कार्यालयको फाउण्डेशनको कार्य उपभोक्ता समितिबाट गर्ने छ । यसको नक्साको डिजाइन भने गोर्खा इको प्यालनले गरिदिएको हो । ट्रष्ट, जस्ता, गोर्खा इको प्यानल, यूपीभीसी झयाल ढोकालगायतका निर्माण सामाग्रीको प्रयोग गरी भबन बनाउन लागिएको हो । यी तीन वटै स्थायी प्रकारका संरचना हुन् । सिद्धलेक गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तीव्र निर्माण सम्पन्न हुने कारण गोर्खा इको प्यानलका निर्माण सामाग्री राखेर गाउँंपालिका भबन बनाउन लागिएको बताउनु भयो ।

‘यी निर्माण सामाग्रीको प्रयोगबाट चांँडो निर्माण सम्पन्न हुने मात्रै नभई ७० वर्ष वारेन्टी भएको स्थायी संरचना पनि भएको कारण पनि हामीले यी निर्माण सामाग्री प्रयोग गर्ने निर्णयग गरेका हौं, उनले भने, ‘यस्ता निर्माण सामाग्रीको प्रयोग गरी निर्माण गर्ने हो भने देशभरका नगरपालिका, गाउँंपालिकाका कार्यालयहरु छिटो बन्न सक्नेछन् ।’

देशभरका धेरै नगरपालिका, गाउँंपालिकाका वडा कार्यालयहरुका आफनै भबन छैनन् । काठमाडौं उपत्यकाकै नगरपालिका, गाउँंपालिका भबनको अभाबमा भाडामा छन् । धेरै वडा कार्यालय, गाउँंपालिकाका वडा कार्यालयहरु अहिले पनि भबनविहीन छन् ।

नेपालमै बनेको, नेपाल सरकार सहरी विकास तथा भबन निर्माण विभागले स्थायी तथा अस्थायी संरचना निर्माणका लागि वालको रुपमा पयोग गर्न स्वीकृति प्राप्त भएकोले पनि गोर्खा इको प्यानल प्रयोग गरी वडा कार्यालय बनाउन लागेको सिलवालले बताउनु भयो ।

स्थानीय निकाय निर्वाचनपछि स्थानीय निकायका लागि यो भरपर्दाे निर्माण सामाग्री हुने उनको भनाई छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिबहाल भए पनि नवनिर्वाचित पदाधिकारीलाई आफनै भबनको अभाबमा काम गर्नमा समस्यामा छन् ।