logo

यस बर्षको बिजयादशमीको टीकाको उत्तम साइत ११ः५५ मा

902 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

काठमाडौँ/–हिन्दुहरुको महान चाड बिजयादशमीको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आगामी १४ असोज शनिवारका दिन बिजयादशमी परेको र सो दिन ११ः ५५ पछि टीकाको साइत उत्तम रहेको छ ।

५ असोज २०७४ देखि नवरात्र आरम्भ हुनेछ । सो दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

११ असोजमा दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नहुने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।
असोज १२ गते बिहीबार महाअष्टमी परेको र सोही दिन राति कालरात्रि पूजा हुनेछ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ छ ।

विजया दशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ । १९ असोजमा कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic