धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन : गजुरेल

942 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 21552833_1497734843598822_1713143249_nभरत रेग्मी 

धादिङ -धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन एकराज गजुरेल (कुबेर) निर्वाचित भएका छन । इट्टा उद्योग ब्यवसायी हरुको प्रथम जिल्ला अबिधेशन तथा साधारण सभा बाट गजुरेलको अध्यक्षतामा ९ सदस्यिय जिल्ला कार्य समिति धादिङ निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा श्यामकृष्ण बलामी, सचिबमा सुमन सापकोटा, कोषाध्यक्षमा निराजन रेग्मी तथा सदस्यहरुमा रामकृष्ण महर्जन, जनक रुपाखेती, आनन्द महर्जन, हरिकृष्ण महर्जन र विश्वरामा तनाबासु निर्वाचित भएका छन । काठ्माण्डौको नागढुङ्गामा अवस्थित पातालेबन भेनियार्ड रिर्सोट मा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा  धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी, जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी  सांसद पाण्डेले इट्टा उद्योग संचालन गर्दा समुदायलाई नकारात्मक असर नपार्न तथा इट्टा उद्योगहरुमा धुवा न्यूनीकरणको लागी प्रविधिहरुको प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै सांसदपाण्डेले धादिङको धुनिबेसी नगरपालिकामा मनमोहन विश्वविद्यालय स्थापना गर्ने र त्यसको लागी आवश्यक पर्ने इट्टा यहिका उद्योगहरुले उपलब्ध गराउने कुरामा पनि आफु विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रसासन कार्यलय धादिङका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले उद्योगी ब्यवसायीहरुलाई उद्योग संचालन सगसगै सामाजिक उत्तर दायित्व पुरा गर्न आग्रह गर्नुभयो । साथै उहाँले विभिन्न मठ मन्दिरमा गएर धर्म गरेर पुण्य कमाउन भन्दै दान गर्ने रुपैँया पनि आफ्नै ठाँउमा सहयोग गरेमा धेरै पुण्य आर्जन हुने भन्दै उद्योगी ब्यवसायीहरुलाई समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै धुनिबेसी नगरपालिका का मेयर बालकृष्ण आचार्यले धादिङ जिल्लामा सञ्चालित ३३ ओटा इट्टा उद्योग मध्य २७ ओटा धुनिबेसी नगरपालिकामै रहेकाले पनि यसलाई ब्यवस्थित गर्नको लागी उद्योग संचालकहरु संग सहकार्य गरी आफु लागीपर्ने कुरा बताउनु भयो साथै उहाँले उद्योग संचालन गर्दा समुदायमा पर्न गएको सानो असरलाई पनि ध्यानमा राख्दै उद्योग हरुमा विभिन्न प्रदुषण नियन्त्रण तथा न्युनिकरणका उपकरणहरु प्रयोग गर्न आग्रह गर्दै समृद्ध धुनिबेसीको परिकल्पनाको लागी सम्पूर्ण उद्योगी ब्यवसायीहरु एकजुट हुनुपर्ने बताउनु भयो । काठ्माण्डौको बजारको लागी नजिकै र भुकम्पबाट ध्वस्त भएका पुर्नसंरचना निर्माणको लागी बजारमा इट्टाको माग एक्कासी बढेपछि वि.स. २०६७ सालदेखी धादिङ जिल्लामा ईट्टा उद्योगको सँचालन भएपनि पछिल्लो समयमा भुकम्प पछि यसको संख्या ह्वात्तै बढेर हाल धादिङ जिल्लामा ३२ ओटा ईट्टा उद्योग संचालनमा रहेका छन ।