ट्रक पल्टिंदा १ जनाको मृत्यु, ३ घाईते

936 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Accident Truck Dhadingधादिङ, २६ भदौ – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चारधारे स्थित पृथ्वीराजमार्गमा सोमबार ( आज ) विहान आइचर ट्रक दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि धादिङको ज्वालामुखी गाउँपालिका वडा नंं ७ निबासी ३० वर्षीय खेमबहादुर छत्कुलीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।
काठमाडौँबाट चितवनका लागि छुटेको ग १ ख ४९६४ नम्बरको ट्रक सोमबार विहानीपख अनियन्त्रित भई सडकबाट ५० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रकका चालक प्रदीप थपलिया सहित यात्रुहरु ज्ञानेन्द्र छत्कुली, र सुजन कँडेल समेत ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।घाईतेहरुको राजमार्ग सामुदायीक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।