सडक किनारमा फस्टाएको केरा व्यापार

1521 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अरु बेलामा भन्दा दशैंको समयमा केराको बिक्री धेरै हुने भएपछि स्थानीय व्यापारीहरुलाई हिजोआज भ्याई नभ्याई छ । धादिङको गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको चाम्वास,छहरा लगायतका स्थानमा केराको व्यापार हुंदै आईरहेको छ । पृथ्वीराजमार्ग भएर आउने यात्रुहरुले यहाँबाट केरा किनेर लैजाने गर्दछन । छिटो पकाउने उपायका रुपमा विभिन्न प्रकारका बिषादी र रसायनहरु हालेर केरा पकाउँदा मानव स्वास्थ्यमा असर पर्ने भएपनि उपभोक्ताहरु सचेत नभईदिंदा वजारमा खानका लागि अयोग्य भएपनि केराको व्यापार भने राम्रो संग फस्टाउँदै गईरहेको छ ।

21766711_1419282931460373_3680364233378855995_n 22007712_1419281631460503_573934008298221448_n 22008217_1419282221460444_8544262507427119826_n 22046112_1419281484793851_411388679928610304_n (1)

तस्बिर : राजु नेपालको फेसबुकवालबाट