एमालेबाट धादिङ एकमा भुमि त्रिपाठीको नाम सिफारिस

3124 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

गल्छी-धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको नाम उम्मेदवारमा सिफारिस गरिएको छ ।
उम्मेदवार सिफारिसका लागि गल्छी गाउँपालिकाको बैरेनीमा विहीवार बसेको एक नम्बर निर्वाचन क्षेत्र कमिटीको बैठकले त्रिपाठीको नाम बहुमतबाट उम्मेदवारका लागि जिल्ला कमिटिलाई सिफारिस गरेको हो ।
जिल्ला सदस्य चुडामणी कँडेलको अध्यक्षतामा बसेको भेलामा एमालेका केन्द्रिय लेखा आयोगका अध्यक्ष तथा पार्टी पोलिटव्युरो सदस्य डाक्टर पुष्पराज कँडेलको प्रमुख आतिथ्य रहेको थियो । भेलामा पार्टीका संस्थापक नेता एवम धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, एमालेका पुर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्रराज पौडेलका साथै अन्य जिल्ला नेताहरुको आतिथ्य रहेको थियो ।
नयाँ कायम भएको एक नम्बर क्षेत्रीय निर्वाचन कमिटीका सदस्यहरुको उपस्थितीमा भएको भेलामा सहभागीहरुले आ–आफ्नो धारणा राख्दै उम्मेदवार सिफारिसमा सर्वसम्मत हुनुपर्ने र पार्टीको जित सुनिश्चित हुने कुरामा जोड दिएका थिए ।
भेलामा उम्मेदवारका लागि दावी गरेका भुमिप्रसाद त्रिपाठीको नाममा सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटिलाई सिफारिस गरेको छ । उम्मेदवारीमा दावी गरेका नरेश खतिवडा र रमेश आचार्यले त्रिपाठीलाई समर्थन गर्दै आफ्नो दावी छाडेका थिए भने पार्टीका पोलिटव्युरो सदस्य एवम सांसदद्धय पाण्डे र तुलाधर भेलामा अनुपस्थित रहेका कारण भेलाको बहुमतले त्रिपाठीलाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको निर्वाचन क्षेत्र कमिटीका सचिव अर्जुन अर्यालले जानकारी दिनु भयो ।

क्षेत्र नम्बर २ मा छ जनाको नाम सिफारिस
निर्वाचन क्षेत्र नम्बर २ मा पनि उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय कमिटीको भेलाले सर्वसम्मतबाट नाम सिफारिस गर्न नसकेपछि ६ जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ । यसरी नाम सिफारिस गरिएकाहरुमा एमाले केन्द्रिय सदस्य खेम लोहनी, सांसद गुरुप्रसाद वुर्लाकोटीका साथै अन्य जिल्ला नेताहरु लक्ष्मी श्रेष्ठ, भरत ढुंगाना, बेदवहादुर खाँड र देवेन्द्र अधिकारीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एमालेका जिल्ला सदस्य इन्द्रवहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

प्रदेश तर्फको उम्मेदवारको  नाम सिफारिस 

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं क मा नेत्र पौडेल, कुमार पाण्डे, केदार खतिवडा, रामराज पाण्डे, सुरेश आचार्य, उद्धव लुइटेल, दिनेश रुपाखेती, देवकी पौडेल प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं ख मा शीव कडेल, मीनराज कडेल देवप्रसाद त्रिपाठी र लक्ष्मण शर्माको नाम सिफारिस गरिएको क्षेत्रिय कमिटीले जानकारी दिएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं ख मा इन्द्रबहादुर श्रेष्ठ, फुरबहादुर तामाङ,नारायणबहादुर कार्की, बाबुकृष्ण श्रेष्ठ, गोपीप्रसाद पाण्डे, लीलाबहादुर खड्का, इन्दिरा ढुङगाना, गोपाल गुरुङ, उमेश थापा, भरतबहादुर खत्री र धनबहादुर घलेको नाम सिफारिस गरिरएको प्रदेश नं २ क्षेत्रिय कमिटिले जानकारी दिएको छ ।

क्षेत्रिय क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेशसभाका लागि नामावली जिल्ला कमिटीलाई सिफारिस गरेको हो । जिल्ला कमिटीले क्षेत्रिय कमिटीबाट सिफारिस भइ आएको नामावलीलाई शुक्रबार जिल्ला कमिटिको बैठक पछि केन्द्रमा पठाइने नेकपा एमाले धादिङले जानकारी दिएको छ  । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको नाम पनि शुक्रबार नै सिफारिस गर्ने बुझिएको छ ।