धादिङमा डेंगुको सक्रमण बढ्दै-लामखुट्टेको बासस्थान नष्ट गर्ने काम सुरु 

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dingu-720x510धादिङ,२१ असोज – जिल्ला अस्पताल धादिङले डेंगु नियन्त्रणका लागी सदरमुकाम आसपासमा भएका पुराना टायर संकलन र लामखुट्टेले बासस्थान बनाउने स्थानहरु नष्ट गर्ने काम सुरु गरेको छ ।
यसै क्रममा अस्पतालले सयौं पुराना टायरहरु संकलन गरी त्यसलाई उचित ब्यवस्थापन गन सुरु गरेको छ भने धादिङका स्थानीयहरुलाई सो रोग सम्वन्धि सचेतना दिन सुरु गरेको छ ।
जिल्लामा डेंगु रोगले महामारीको रुप नै लिए पछी जिल्ला स्वास्थ्य कार्यालय धादिङ र सदरमुकाममा रहेको नीलकण् नगरपालिकाले सो कामको सुरुवात गरेको हो । टायरमा जमेको पानी, प्लाष्टिकका बोतलमा जमेको पानी र गमलाहरुमा जमेको सफा पानी एडिस जातको लमखुट्टेको सन्तान जन्माउने उपयुक्त स्थान भएकोले त्यस्ता स्थानहरुहरुलाई तत्काल नष्ट गर्नु पर्ने सुझाव चिकित्सकहरुले दिएका छन ।
यस वर्ष धादिङमा गर्मी अत्याधिक भई रहेकोले पनी लामखुट्टेको बृद्धि भईरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
विषेश गरी सदरमुकाम धादिङबेसीको बीचबजार र जिल्ला अस्पताल क्षेत्रमा डेंगु गराउने लामखुट्टे अत्याधिक भेटिएको र त्यस क्षेत्रमा विरामीको संख्यापनी धेरै भएका कारण सो क्षेत्रलाई विषेस निगरानीमा राखी स्वास्थ्यकर्मीको सहयोगमा स्थानीयहरुले सरसफाई गर्न थालेको रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठले वताउनु भयो । चिकित्सकहरुका अनुसार यस क्षेत्रमा ९० प्रतिशत घरहरुका पानी जमेका स्थानहरुमा डेंगु गराउने लामखुट्टेका लार्भाहरु फेला परेको थियो ।
यसै गरी त्यस्ता पानी जमेका स्थानहरुलाई तत्काल सरसफई गरी फोहर जम्मा हुन नदिन समेत जिल्लास्वास्थ्य कार्यालय धादिङले धादिङका स्थानीयहरुलाई आग्रह समेत गरेको छ । यसको बेलैमा नियन्त्रण नगर्ने हो भने थप संक्रमण फैलिने भन्दै सर्वसाधरण त्रसित हुन पुगेका छन ।
जिल्ला अस्पतालमा अहिलेसम्म ३१ जना डेंगु संक्रमीत विरामीहरुको पहिचान गरी थप उपचारका लागी काठमाण्डौ पठाईएको बताईएको छ । यसै गरी जिल्ला अस्पताल धादिङमा डेंगुको प्रारम्भीक परिक्षणका पर्याप्त किट नभएका कारण पनी समस्या आएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।