logo

धादिङको ७ सहित देशभरीका १ सय ६४ स्थानीय तहमा बैंक पुगेनन

950 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अहिले धेरै ठाउँमा बैंकहरू पुगे पनि कतिपय दुर्गम ठाउँका स्थानीयहरूले बैंकको अभावका कारण कारोबार गर्न समस्या भोगिरहेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मुलुकका कुल ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९७ स्थानमा वाणिज्य बैंक पुगिसकेका छन् । २ सय ९२ स्थानीय तहमा जान बैंकहरूले भागबण्डा गरिसकेका छन् भने १ सय ६४ स्थानीय तहमा अहिलेसम्म बैंक पुगेका छैनन् । बैंक नपुगेका स्थानीय तहमा जान अटेर गर्ने बैंकलाई त्यस्ता ठाउँमा पु¥याउन राष्ट्र बैंकले बाध्यकारी नीति अपनाउने भएको हो । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘दुर्गम क्षेत्रमा जान नमान्ने बैंकलाई राष्ट्र बैंकले आफंै स्थान तोकेर पठाउँछ ।’

राष्ट्र बैंकले तोकेको स्थानमा अनिवार्य जानुपर्ने सहायक प्रवक्ता पण्डितको भनाइ छ । तर बैंकहरूलाई यसरी दुर्गम क्षेत्रमा पठाउने विषयमा भने छलफल हुन बाँकी नै भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक नपुगेका स्थानमा जान पुनः छलफल गरेर आउन बैंकहरूलाई निर्देशन दिएको छ । तर राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता गरी अटेर गर्ने बैंकलाई मात्र त्यस्तो बाध्यकारी नीति लगाई स्थान तोकेर पठाउने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले बैंकहरूलाई तोकेको ठाउँमा जान बाध्य बनाए पनि बैंकहरू भने मान्न तयारै छैनन् । बाटोघाटो, बिजुली बत्ती, इन्टरनेट तथा अन्य भौतिक सुविधा नभईकन त्यस्ता दुर्गम स्थानमा जान नसक्ने बताउँदै आएका छन् । बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगाना बाटोघाटो बिजुली नभई बैंक कसरी जाने भन्ने अवस्था आएको र सरकारले बैंकलाई त्यस्ता ठाउँमा जाने वातावरण तयार गर्नुपर्ने बताउँछन् ।

बैंक अभावमा दुर्गम क्षेत्रका स्थानीयहरूलाई बैंकिङ कारोबार गर्न समस्या भइरहेको छ । तर बैंकहरू त्यस्ता ठाउँमा जान अझै आनाकानी गर्दै आइरहेका छन् । दुर्गम क्षेत्रका स्थानीयहरूले बैंक नपुग्दा पनि बैंकिङ कारोबार गर्न वञ्चित नभएको नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले  बताए ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic