logo

‘निरफूल’ पान्साङ पासबाट काठमाडौं फर्कियो

1227 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ruby-valley-11-300x225चलचित्र ‘निरफूल’को युनिट धादिङको रुबी भ्यालीमा छायांकन सकेर सोमबार काठमाडौं फर्किएको छ । सो चलचित्रको रुबी भ्यालीमा एक साताको छायांकन थियो । तर चिसो बढेर हिउँसमेत पर्न थालेपछि  खराब मौसमका कारण एक साताको छायांकन सक्न आफूहरूलाई दुई साता लागेको यसका निर्देशक फुलमान बलले बताए ।

‘चिसो अत्यधिक बढेका कारण चलचित्रका कलाकारदेखि प्राविधिकसम्म धमाधम बिरामी पर्न थाले । तैपनि कलाकार र प्राविधिकको धैर्यका कारण कष्ट सहँदै चलचित्रको त्यहाँको छायांकन सकेर हामी काठमाडौं आइपुगेका छौं,’ निर्देशक फुलमानले भने ।दुई वर्षअघिको भूकम्पले ल्याएको पीडामा केन्द्रित यो चलचित्रको

छायांकनका लागि रुबी भ्यालीमा भूकम्पको सेट नै लगाएको जानकारी गराउँदै निर्देशक फुलमानले भने, ‘रुबी भ्यालीको पाङसाङ पासमा हामीले भूकम्प जानुअघि र पछिको सेट नै निर्माण ग¥यौं । यो काम अघिल्लो पटक सम्भव भएको थिएन र यसपटक त्यसलाई सम्भव गरेर छायांकन सक्यौं ।’ समुद्री सतहबाट

३८ सय मिटरको उचाइमा रहेको यही पाङसाङ पासमुनिको हिउ“मा ६ महिनाअघि एक ताइवानी जोडी फसेका थिए । ४७ दिनपछि प्रेमिका मरेको अवस्थामा र प्रेमीलाई जिउँदै अवस्थामा उद्धार गरिएको पनि फुलमानले जानकारी गराए ।

आफूहरूले रुबी भ्यालीको केही दृश्य साउनमा छायांकन गरेको पनि निर्देशक फुलमानले बताए । भूकम्पका कारण विछोड खेप्नु परेको एक परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेको संघर्षमा आफ्नो चलचित्र आधारित रहेको उनले जानकारी गराए ।

यो चलचित्रमा अभिनेता दयाहाङ राई भेडा गोठालोको भूमिकामा छन् । छायांकनमा जानुभन्दा अघि नै लेकबाट बेंसीमा भेडा झरेकाले फेरि ती भेडालाई लेकमा लगेर छायांकन गर्नुपर्दा पनि समस्या आएको फुलमानले खुलासा गरे । रुबी भ्यालीकै जीवनशैली, संस्कृति र विषयवस्तु पहिलोपटक फिल्ममा आउन लागेको पनि उनले दाबी गरे ।

 नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टसहितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरिरहेको ‘नीरफुल’मा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, जिग्मे छ्योइकी घिसिङ, पुष्कर गुरुङ, सरोज अर्याल, सरिता गिरी, बुद्धि तामाङ, राजन खतिवडा, मानस राज, सुरेश चन्द, रोशन फ्युबालगायतको अभिनय रहेको छ । यो चलचित्रको निर्मातामा नेपालबाट अशोक थापा, डोमा सोनाम, कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, जापानबाट उदय लामा, इजरायलबाट चन्द्रमाया तामाङ र कोरियाबाट दिनेश लम्तरी मगर छन् । सचिन घिमिरे र निर्देशक बलकै पटकथा रहेको फिल्मको छायांकन प्रमोद कार्कीले गरिरहेका छन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic