logo

किरान्चोक पेटारे क्षेत्रमा गाँजा खेती नष्ट

1482 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Gajaधादिङ – धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक पेटारे क्षेत्रमा अवैध रूपमा खेती हुँदै आएको गाँजा धादिङ प्रहरीले नष्ट गरेको छ । खेतबारीमा र घरछेउछाउ खाली जमिनमा लगाइएको गाँजा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरी र राजमार्ग सुरक्षा बेस क्याम्प आदमद्धाटबाट गएको सशस्त्र प्रहरीको टोलीले नष्ट गरेको हो ।

स्थानीयले हुर्काउँदै गरेको हरियो बोट फाँडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक बरुण सिंहले बताए । ‘खेतबारी जताततै ढपक्कै गाँजा फुलिरहेको भेट्यौ र तत्कालै टोली लिएर फाड्यौं,’ उनले भने, ‘बारीको डिलमुनि र खोल्साहरूमा पनि गाँजा लुकाएर राख्ने गरेका रहेछन् त्यो पनि सबै आगो लगाएर नष्ट गरायौं ।’ २ सय ५० भन्दा बढी रोपनीमा लगाइएको गाँजा फँडानी गरेको हो ।

जिल्लाको किरान्चोक, बैरेनी, महादेवस्थानलगायतका स्थानका स्थानीयहरूले वर्षाैंदेखि अवैध रूपमा खेती गर्दै आएका छन् । यसअघि पनि पटकपटक त्यस क्षेत्रमा प्रहरीले हरियो गाँजा फाँडेको थियो । यसपटक भने सुकाएर घरमा लुकाएको समेत आगो लगाएर जलाइएको प्रहरीले जनाएको छ । महाभारत क्षेत्रका स्थानीयहरूले मकै, कोदो बालीसँगै व्यावसायिक रूपमा गाँजाको खेती गर्ने गरेका छन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic