असिनाले लुट्यो किसानको खुशी

1201 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2074-7-12 asinale dhan jaryo (1)धादिङ, १२ कार्तिक -लगातार २ घण्टा १० मिनेट झरेको असिनाले छ खानका लागि महिना लगाएर फलाएको अन्न सखाप भएको छ । कहिले भुकम्प, कहिले असिनाले सजिलोसंग बाँच्न दिएन भन्दै थिइन नेत्रावती गाँउपालिका ३ सेम्जोङ गौरुटोलकी गिता तामाङ । साउनमा तराई दुवायो, कार्तिकमा हिमाल रुवायो प्रकृतिले पनि धेरै नै सतायो । अव के खाने , ५ जनाको परिवार छौ १६÷१७ धान, ६÷७ मुरी कोदो झल्थ्यो शनिवार साझ असिनाले माटोमा मिलाई दियो । अव असिना पिडितलाई राहत सरकारले दिन प¥यो । सरकारले नदिए के खाने वारीमा लगाएको, आलु, सागपात, घाँसपात सवै सखाप भयो ।
मान्छेले त चामल किनेर खाउला, गाँईभैसी बाख्रालाई के खुवाउने असिनाले सवै घाँसपात माटोमा मिसाई दियो गुनासो गरे सेम्जोङकै कृष्ण बहादुर तामाङले । असिनाले धुवाँकोटको अम्वोटे गहते लगायतका भुभागमा ८० प्रतिशत क्षेत्रि पुगेको नारायण श्रेष्ठले बताए ।
नेत्रावती गाँउपालिका अध्यक्ष दुर्गा नारायण शाक्यका अनुसार केही छिनको असिनाले किसानको खुशी लुट्यो । नेत्रावती गाँउपालिकाको २ हजार परिवार असिना पिडित भएकाछन् । असिनाले क्षति पु¥याए क्षेत्रमा स्थलगत अवलोकन गर्न हिडेको छु । असिनाले ७ करोड भन्दा बढीको क्षति पु¥याएको अनुमान गरिएको छ । केही दिनमा तथ्यांक संकलन गरेर केन्द्रीय सरकार समक्ष डेलिकेशन जान्छौ अध्यक्ष शाक्यले बताए । क्षतिको तथ्यांक संकलन गर्न कृषि प्राविधिकहरु फिल्डमा खटिसकेकाछन् । क्षतिको तथ्यांक आएपछि मन्त्रलायमा पठाँउछौ वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले भने । गत वर्ष धानमा क्षति हुँदा पनि तथ्यांक पठाएका थियौ । किसानहरुलाई नगदमा राहत बाढ्न सफल भयौ मन्त्रालयमा वरिष्ठ कृषि विकास अधिकृत देवकोटाले भने ।
यदि सरकारले असिना पिडितको क्षतिपूर्तिको व्यवस्था मिलाउन नसके किसानहरु भोकभोकै बस्नुको विकल्प रहदैन । यसरी किसानहरु भोकभोकै उनीहरुको खाद्य अधिकार उल्लंघन हुने खाद्य अधिकारकर्मीहरु बताँउद्धन् ।