निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन

1367 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23517920_10214148636327340_6780493873121554694_nधादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु शुरु भएका छन् ।  यसै क्रममा धादिङ जिल्लाका विभिन्न स्थानमा  निर्वाचन शिक्षाको लागि  सडक नाटक  भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक भएको हो ।
निर्वाचन आयोगको सहयोग , सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) र आरोहण गुरुकुलको समन्वयमा सप्तक कला प्रतिष्ठानले मंगलबार धादिङको धुनिवेसी नगरपालिकाको नौविसे, थांक्रे गाउँपालिकाको महादेवबेसी, गल्छी गाउँपालिकाको बैरेनीबजार र गजुरी गाउँपालिकाको गजुरीबजारमा सडक नाटक ‘महादान ‘ प्रदर्शन गरेको हो ।

23621470_10214148637407367_5459283567571230013_n नाटकमा निर्वाचनको महत्व, मतदाताको भूमिका, मतदान गर्ने तरिका, मतपत्रमा छाप लगाउने तरिका लगायतका बिषयमा जानकारी गराईएको थियो । धादिङमा भएको सडक नाटकको निर्देशन बरिष्ठ रंगकर्मी दामोदर खतिवडाका साथै कलाकारहरु श्रीकृष्ण कुमाल,देउती प्याकुरेल,विवेक खतिवडा,पशुपति खनाल,संगिता प्याकुरेल, विजय लामिछाने र रामकृष्ण श्रेष्ठले अभिनय गरेका थिए ।