निर्वाचन विथोल्न धादिङमा श्रृङखलाबद्ध रुपमा बम आतंक

1191 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

23899304_1479763682119014_832553887_nधादिङ – निर्वाचन विथोल्ने नियतले धादिङमा एक साता यता श्रृङखलाबद्ध रुपमा वम आतंक मच्चाईएको छ । शुक्रवार  विहान गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगा स्थित पृथ्वीराजमार्गमा सकेट बम भेटिएको छ । सडक किनारमा भेटिएको सो बम श्री नम्बर ६ बाहिनि अड्डा बैरेनीबाट खटिएको नेपाली सेनाको टोलीको निष्क्रिय पारेको थियो । यसै गरी शुक्रवार  विहानै गजुरी गाउँपालिकाको घाटबेसी नजिकै पृथ्वीराजमार्गमा पनि सकेट बम भेटिएपछि नेपाली सेनाको टोलीले सो बमलाई निष्क्रिय पारेको थियो ।
श्रृङखलाबद्ध रुपमा बम भेटिने गरेपनि यस्को जिम्मेवारी भने अहिले सम्म कसैले पनि लिएको छैन । बम आतंकको जिम्मेवारी कसैले नलिएपनि नेपाल प्रहरीले नेकपा एक कार्यकर्तालाई बुधवार बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ ।
थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले सकेट बम बनाउन लागिरहेका भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
धादिङ जिल्लामा यसअघि विप्लवका पाँच कार्यकर्तालाई चुनावी सुरक्षा अन्तर्गत पक्राउ गरी प्रहरी हिरासतमा लिइएको छ ।
केहि दिन यता विभिन्न स्थानमा बम भेटिएको घटनाले निर्वाचनका लागि मतदान गर्न गाउँ जाने कर्मचारी देखि आम सर्वसाधरण त्रसित भएका छन । जनजिवनलाई आतङिकत बनाउने उद्धेश्यले राखिएका त्यस्ता बम विष्फोटबाट अहिले सम्म कुनै प्रकारको क्षती नभए पनि जनजिवनमा भने केही त्रास फैलिएको छ । पछिल्लो पटक बिहिवार विहान थांक्रे गाउँपालिकामा पर्ने खयरघारी नजिकै पृथ्वीराजमार्गमा राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
23795470_10214220695528775_4247053229047276861_nबुधवार जिल्लाकै थांक्रे गाउँपालिकाको जुंगेखोला नजिकैबाट बम वनाउँदै गरेको अवस्थामा नेकपाका कार्यकर्ता कृष्णवहादुर खतिवडा विष्फोटक पदार्थ सहित पक्राउ परेका थिए ।
यसै गरी मंसिर ५ गते दिउँसो गजुरी गाउँपालिकाको चाम्वास नजिकै पृथ्वीराजमार्गमा सकेट बम भेटिएको थियो । व्यस्त सडकमा भेटिएको बम नेपाली सेनाले विष्फोट गराई मानविय क्षति हुनबाट बचाएको थियो । सडकमा बम भेटिएपछि ३ घण्टा सम्म पृथ्वीराजमार्गमा सवारी आवामगन ठप्प हुन पुगेको थियो ।
सोमबार धादिङ निर्वाचन क्षेत्र नम्बर १ का बाम गठवन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी र वाम गठवन्धनका जिल्ला नेताहरु चढेको मोटरलाई लक्षित गरी थांक्रे गाउँपालिकाको हाप्सेचौर नजिकै बम विष्फोट गराईएको थियो । चुनावी अभियानमा रहेको टोली चढेको मोटरलाई लक्षित गरी विष्फोट गराईएपनि मोटर अघि बढिसकेपछि विष्फोट भएको कारण त्यहाँ कुनै क्षती भएको हुन पाएन । मंसिर ३ गते विहान विहान विहान जिल्ला निर्वाचन कार्यालय परिसरमा भेटिएको बम पनि सेनाले निष्क्रिय पारेको थियो ।