सल्यानटार दाउन्नेमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

1007 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

salyantar-728xधादिङ ,११ मंसिर – धादिङको उत्तरी भेगमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान विहान करिब साढे ३ वजे मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । ।
सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खस्दा मोटरसाईकलमा सवार दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।