धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा कहाँ कति मत खस्यो

3240 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ–आईतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा  क्षेत्र नं १ का कुल १ लाख १८ हजार १ सय ५० मतदाताहरु मध्य ५५ वटा मतदानस्थल हरुवाट ७९ हजार ४ सय २३ ( ६७ दशमलव २४ प्रतिशत)ले मात्रै मतदान गरेका छन ।

यस अघि ३ निर्वाचन क्षेत्र रहेको धादिङ जिल्ला संघीय संरचनामा २ वटा निर्वाचन क्षेत्र मात्रै कायम गरिएको छ । साविकको क्षेत्र नम्बर ३ मा यस अघि २ नम्बर क्षेत्रमा रहेको केवलपुर, गोगनपानी,कल्लेरी,कुम्पुर,नलाङ र सलाङ गाविस लाई अहिले क्षेत्र नम्बर १ मा राखिएको छ । नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा धुनिवेसी नगरपालिका,थांक्रे, गल्छी,सिद्धलेक,गजुरी र वेनिघाट रोराङ गाउँपालिका रहेका छन । सय मध्ये धुनिवेसी नगरपालिकाको साथै थांक्रे रगल्छी गाउँपालिकालाई प्रदेश सभा १ र सिद्धलेक, गजुरी,बेनिघाट रोराङलाई प्रदेश सभा   २ नम्बर क्षेत्र कायम गरिएको छ ।

धादिङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ मा ४३६८७ मत खसेको छ । यस प्रदेश अन्र्तगत पर्ने धुनिबेशी नगरपालिका वडा नं १ मा २९३५ मध्ये १८२०,वडा नं २ मा ३०९८ मध्ये १९५८,वडा नं ३ मा २५८२ मध्ये १६९५,वडा नं ४ मा १९६१ मध्ये १२७९,वडा नं ५ मा २३५१ मध्ये १७०४,वडा नं ६ मा २०२० मध्ये १३७७,वडा नं ७ मा २८३२ मध्ये १७७४,वडा नं ८ मा २७४८ मध्ये १७६८,वडा नं ९ मा ३०२४ मध्ये १९३९ गरी १५३१४ मत खसेको छ । धुनीवेसी नगरपालिकामा साविकको छत्रेदेउराली, जिवनपुर र नौविसे गाविस पर्दछन ।
त्यसै गरी थाक्रे गाउँपालिका वडा नं १ मा १७४२ मध्ये १२१६,वडा नं २ मा ३१०३ मध्ये २०५९,वडा नं ३ मा २५३५ मध्ये १४७१,वडा नं ४ मा १९६६ मध्ये १२६१,वडा नं ५ मा १७३५ मध्ये १११४,वडा नं ६ मा १५९९ मध्ये १२७८,वडा नं ७ मा २९५२ मध्ये १७५७,वडा नं ८ मा २१५७ मध्ये १४३३,वडा नं ९ मा १८२० मध्ये १२७८,वडा नं १० मा २५५४ मध्ये १५८४ र वडा नं ११ मा १८४३ मध्ये १३५३ गरी १५८०४ मत खसेको छ । यस गाउँपािलकामा साविकको केवलपुर,थांक्रे,तसर्पु, भुमेस्थान गाविसको सबै वडा र गोगनपानी गाविसको ५,६,७ र ८ नम्बर वडा समेटिएका   छन ।

यसै गरी गल्छी गाउँपालिकामा वडा नं १ मा २६३४ मध्ये १७९२,वडा नं २ मा २५८५ मध्ये १७७८,वडा नं ३ मा १६६० मध्ये १०५१,वडा नं ४ मा २४१९ मध्ये १५८७,वडा नं ५ मा २२६६ मध्ये १३८२,वडा नं ६ मा १९१० मध्ये १४१९,वडा नं ७ मा २०४२  मध्ये १५८९ र वडा नं ८ मा २३५८ मध्ये १६७१ गरी कुल १२२६९ मत खसेको छ । यस गाउँपालिकामा साविकको बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको १,२,३,४ र ९ नम्बर वडा समेटिएको छ ।
यस प्रदेशबाट प्रदेश सभाका लागि वाम गठवन्धनबाट नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे, लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका महासमिति सदस्य मदुकुमार श्रेष्ठ, नयाँ शक्तिबाट नकुल थापा,विवेकशिल साझाबाट जितेन्द्र श्रेष्ठका साथै चार स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा देखिएपनि मुख्य प्रतिस्पर्धा भने वामगठवन्धन र लोकतान्त्रिक समूहका बिच हुने र वामगठवन्धनले भारी मतका साथ विजय हासिल गर्ने अनुमान गरिएको छ ।

(आईतबार वागेश्वरी मावि मतदान केन्द्र गल्छी –६ बाट आफ्नो गोप्य मत खसाल्दै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ )

तस्बिर  :  केशव अधिकारी