धादिङ २ को प्रदेश सभा दुईमा वाम गठबन्धनका जगत सिंखडा विजयी

1190 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jagatमंसिर २२, धादिङ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं २ को प्रदेश सभा दुईमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन ।
सिंखडाले लोकतान्त्रिक गठबन्धन तर्फका राप्रपा उम्मेदवार डम्बर तामाङलाई १८३१ मतले पराजित गर्दै विजयी भएका हुन ।
निकै प्रतिस्पर्धात्मक रहेको मत गणनामा सिंखडाले १७६०५ मत र तामाङले १५७७४ मत ल्याएका छन । निर्वाचन कार्यालयले अधिकारीक घोषणा गर्नमात्र बाँकी रहेको छ ।
विजेता जगत सिंखडाको संक्षिप्त जानकारी
वि सं २०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन । २०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायतविरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडाको औपचारिक राजनीतिक यात्रा सुरु भयो । उनले आइएसम्मको अध्ययन गरेका छन । २०५३ सालमा माओवादी जनयुद्ध सुरु भएपछि उनी भूमीगत बनेर सक्रिय राजनीतिमा होमिए । त्यसक्रममा माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हाले । २०६१ सालमा पार्टीले उनलाई कास्की पठायो । पोखरा गएर उनी अखिल नेपाल ट्रेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने । माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने । हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव छन ।