३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि योग्य छु– नेता पाण्डे

1297 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

24852082_1610997462341471_8966852814957657398_n

धादिङ  : नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डेले ३ नम्बर प्रदेशको भावी मुख्य मन्त्रीका लागि आंफु योग्य उम्मेदवार भएको वताउनु भएको छ ।
धादिङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यमा विजयी हुनु भएका पाण्डेले विजय सभालाई सम्वोधन गर्दै यस प्रदेशको आर्थिक सम्बृद्धि र विकासका लागि आंफुले मुख्य मन्त्री भएर काम गर्न चाहेको र पार्टीले सो जिम्मेवारी दिनेमा आंफु विश्वस्त रहेको वताउनु भएको हो । शनिवार धादिङबेसीमा आयोजित विजयसभालाई सम्वोधन गर्दै नेता पाण्डेले आंफु ३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि योग्य भएको वताउनु भएको हो ।

मुख्यमन्त्री चलाउन पाको, अनुभवी र सक्षम व्यक्ति नै आवश्यक पर्ने भएकाले र आंफु संग २०४४ सालदेखि यस क्षेत्रमा अनुभव भएकोले नै पार्टी र शुभचिन्तकहरुले  मुख्यमन्त्रीको रुपमाआफूलाई अघि सारेको उहाँले वताउनु भयो ।

विगतका चारवटा संसदीय निर्वाचनमा विजयी भएर पार्टीको विभिन्न पद र संसदमा लामो अनुभव बटुलेको छु, पहिलो पटक चयन हुने मुख्य मन्त्रीमा पनि अनुभवी मान्छेहरु अघि सर्नुपर्छ भन्ने पार्टीबाटै कुरा आएपछि म प्रदेश सभामा आएको हुँ।अन्य केन्द्रीय नेताहरुले पनि मुख्यमन्त्रीको टिकट दावी गरिरहेको हल्ला निराधार रहेको र अहिले प्रचारमा ल्याइएको जस्तो नेकपा एमालेका अन्य नेताहरुले ३ नम्वर प्रदेशको मुख्यमन्त्री दावी नगरेको जिकिर गर्दै  जजस्को नाममा हल्ला चलाइएको छ, उनीहरुकै प्रस्ताव र सल्लाहमा म प्रदेश सभामा आएको हुँ पाण्डेले वताउनु भयो ।

को हुन राजेन्द्र पाण्डे ?

२०१३ सालमा साविकको गजुरी गाविस वडा नम्बर ८ मा जन्मिएका पाण्डे २०४८ यताका संसदीय निर्वाचनमा लगातार उम्मेदवार बन्दै आएका नेता हुन्। यसपटक उनी वाम गठबन्धनको तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा बाट विजयीभएका छन । वामगठवन्धनको तर्फबाट उम्मेदवार वनेका पाण्डेले २७३२२ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठले १३३६५ मत ल्याएका थिए । यस प्रदेशबाट उम्मेदवारी दिएका विवेकशिलका जितेन्द्र श्रेष्ठले ३७५, नयाँशक्तिका नकुल थापाले ३०७, स्वतन्त्र उम्मेदवारहरु कृष्णलाल श्रेष्ठले ११३, राजेन्द्र तामाङले ५९,केशव अधिकारीले २४ र सुरतकुमार श्रेष्ठले १३ मत एका छन । बनेका छन्। त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एम.ए.सम्मको अध्ययन गरेका पाण्डे सक्रिय राजनीतिमा आउनुअघि (२०३४–२०४२) शिक्षण पेसामा आबद्ध थिए। उनले २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए। त्यसपछि २०३४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापकसहित २ कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गरे। २०३६ सालबाट ८ वर्षसम्म उनी पार्टीको जिल्ला सचिव भए। पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले बाग्मती अञ्चल कमिटी सचिव र २०५५ सालमा पार्टी केन्द्रीय सदस्य बने भने २०६५ सालदेखि पोलिटब्युरो सदस्य छन्। २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा ‘जनपक्षीय ‘ उम्मेदवारी दिएका पाण्डे पराजित हुन पुगे। यद्यपी २०४४ सालमा जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भए। पाण्डे प्रतिनिधिसभा सदस्यमा साविकको धादिङ क्षेत्र नम्बर ३ बाट २०४८, ०५१ र ०५६ मा विजयी भएका थिए। २०५१ को  संसदमा एमालेको प्रमुख सचेतक बनेका पाण्डे २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री बने। २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका शालिकराम जम्कट्टेलसँग फराकिलो मतान्तरले पराजित भएका पाण्डेले २०७० मा भने जम्कट्टेललाई पराजित गर्न सफल भए।