गजुरीबाट ३८ किलो गाँजासहित २ जना पक्राउ

824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gaja_arthasansar-825x500धादिङ,२८ मंसिर ः धादिङको गजुरी गाउँपालिका – १ गजुरीबजारबाट विहिबार विहान ३८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँबाट विरगंज जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको प्रमुख प्रहरी उपरीक्षक राउतले बताउनुभयो । सुराकीको आधारमा सो ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको अगाडि पट्टीको क्याविनमा लुकाई राखेको अवस्थामा सेतो र पहेँलो गरी २२ वटा बोराभित्र गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
साना–साना २२ वटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले सोही गाडी चालक पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको छ । आरोपी महतोलाई लागुऔषध कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी उपरीक्षक राउतले जानकारी दिनुभयो । गाँजा बोक्ने गाडी र आरोपी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।