ग्याँस सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

909 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

25594410_1906049239710217_7573483439717800433_nधादिङ, पुस ७ – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ५ सिरवानीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट भएर आगजनी हँदा घर जलेर नष्ट भएको छ । पुरानो भईसकेको सिलिण्डर प्रयोग गरेका कारण ग्याँस चुहिएर आगजनी भई विष्फोट भएको हुन सक्ने आशंका गरिएको छ । । गल्छी गाउँपालिका वडा नम्बर ५ सिर्वानीका बाबुराम तिमल्सिना ( अणप्रसाद )को घरमा बिहीबार मात्रै बैरेनीबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर बेलुकी सवा ८ वजे तिर खाना पकाउने क्रममा एक्कासी विष्फोट भई आगजनी भएको तिमिल्सिनाले जानकारी दिनु भयो ।

मानिस भान्छा कोठा भन्दा वाहिर भएका कारण मानवीय क्षति नभएको तर घरको अन्नपात, लत्ताकपडा तथा गरगहना,सिलाई मेशिन, कपडा पसल समेत  नष्ट भएको तिमिल्सिनाले बताउनुभयो।

केही समय यता गाउँमा समेत ग्याँस मार्फत खाना पकाउने कार्य शुरु भएकोमा विहिबार वेलुकी भएको सो घटनापछि अन्य उपभोक्ताहरु त्रसित हुन पुगेका छन । यस्ता खाले घटना हुन नदिन गाउँमा रहेका सबै ग्याँस सिलिण्डर परिक्षण गरी पुराना भईसकेका सिलिण्डर सम्वन्धित कम्पनीलाई फिर्ता पठाउने तयारी गरिएको गल्छी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रेमबहादुर तामाङले वताउनु भयो ।शुक्रवार विहान गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ लगायतको टोली घटनास्थल पुगि त्यहाँको अवस्थाको अवलोकन गरेका छन ।