धादिङको श्रोत परिचालन सहित देशभरीका १४ बचत सहकारीलाई ‘प्रोबेसन ब्राण्ड’

1354 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

25508010_1235069609970573_3975983627547095842_nधादिङ- राम्रा प्रमाणित भएका बचत तथा ऋण सहकारी संस्थाले पाउने राष्ट्रियस्तरको गुणस्तर चिन्ह ‘प्रोबेसन ब्राण्ड’ धादिङको श्रोत परिचालन बचत तथा ऋण सहकारी सहित देशभरिका  १४ वटा सहकारीले पाएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले देशभरका १४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई प्रोबेसन ब्राण्ड दिने निर्णय गरेको हो ।
नेफ्स्कून सञ्चालक शान्ति अधिकारीका अनुसार दीपज्योति साकोस, ग्रामिण साकोस, प्रभात दिदीबहिनी साकोस,चित्रवन साकोस र भरतपुर साकोस  गरी पाँचवटा  बचत तथा ऋण सहकारी चितवन जिल्लाका मात्रै छन । यसै गरी कोलिया साकोस र  देवदह साकोस रुपन्देही,परोपकार साकोस, नवलपुर,सिर्जना साकोस, बर्दिया,ग्रामीण साकोस, नवलपरासी,महिला शक्ति साकोस, काठमाडौं,ग्रामिण साकोस, सल्यान र  श्रोतपरिचालन साकोस धादिङले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड पाएका हुन ।

Color Pages.cdr

नेफ्स्कूनले सहकारी संस्थाहरुको विश्वशनीयता बढाउन पूर्ण तथा व्यवसायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) विकास कार्यक्रम (प्रोबेसन) सुरू गरेको थियो । नेफ्स्कूनमा आवद्ध साकोसहरुले निश्चित प्रक्रिया र सूचक पूरा गरेपछि प्रोबेसन पाउने गर्छन् । पाँच वर्षदेखि सुरू भएको प्रोबेसनमा ब्राण्ड पाउनेहरु बल्ल १४ पुगेका छन् ।
नेपालमा बचत तथा ऋण सहकारीहरु १३ हजार रहे पनि अहिलेसम्म विश्वशनीय सहकारीको मापदण्ड र सूचांक पूरा गरेर प्रोवेसन ब्राण्ड पाउने सहकारी निकै थोरै भएका छन् । ८७ वटा सहकारीहरु ब्राण्ड लिने प्रक्रियामा रहेका छन् ।
सरकारी निकाय सहकारी विभाग र केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कून) ले संयुक्तरुपमा प्रोबेसन ब्राण्ड दिने गर्दछन् । नेफ्स्कूनमा आवद्ध बचत तथा ऋण सहकारी संस्थालाई मात्रै प्रोबेसन दिने गरिएको छ । विभिन्न खालका ५५ सूचक तथा मापदण्ड पूरा गरेका सहकारीहरुले मात्रै सो चिन्ह पाउँछन् ।
नेफ्स्कून सदस्य तथा कार्यक्रम विभागका प्रमुख सञ्जय तिमिल्सिनाका अनुसार ‘सहकारी विभाग र नेफ्स्कूनले संयुक्तरुपमा विसं २०६९ सालबाट बचत तथा ऋण सहकारीहरुलाई गुणस्तरको राष्ट्रिय चिन्ह प्रोबेसन दिन थालेको हो’ । ५५ वटा सूचकमध्ये १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित छन् । बाँकी ४० वटा  सूचक सहकारी भित्रको सुशासन र व्यवस्थापनसँग छन् ।
‘यी सूचकहरुलाई आधार मानेर १०० पूर्णाङ्क निर्धारण गरिएको हुन्छ । ६० अंकभन्दा माथि ल्याउने सहकारीले प्रोबेसन चिन्ह पाउँछ’ तिमिल्सिनाले जानकारी दिए । प्रोबेसनका अलवा एसियाली ऋण महासंघले ‘एक्सेस’ नामको अन्तराष्ट्रिय गुणस्तरीय चिन्ह पनि दिने गरेको छ ।
नेपालको संविधानले सहकारी, निजी र राष्ट्रिय गरेर तीन खम्बे अर्थ नीति अंगिकार गरेको छ । त्यसका साथै संयुक्त राष्ट्र संघले दिगो विकासका १७ बुँदे लक्ष्य घोषणा गरेको छ । तीमध्ये पाँच बुँदा सहकारीसँग सम्बन्धित छन् ।

श्रेष्ठलाई सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं । यसै बिच धादिङ न्युज डट कमका पुर्व सम्पादक , सहकारी पत्रकार काजी श्रेष्ठ सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

kajee2राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारणसभाबाट ११ हजार १ सय ११ रुपैंया सहित प्रशंसा पत्रबाट उपराष्ट्रपति नन्दहबादुर पुनले श्रेष्ठलाई  सम्मान गरेका हुन् ।
सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांक गर्दै पुरष्कृत गरेको हो ।

श्रेष्ठ विगत ६ वर्षदेखि सहकारी पत्रकारितामा कृयाशिल छन् । धादिङको नेत्रावती साप्ताहिकबाट पत्रकारिता शुरु गरेका श्रेष्ठले धादिङ न्यूज डट कमको सम्पादकको  जिम्मेवारी समेत निर्वाह गरेका थिए । पछिल्लो समय  सहकारी खबर डट कम मार्फत सहकारी पत्रकारितामा सक्रिय रहँदै आएका श्रेष्ठ अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकका उपसम्पादक पनि हुन् । एक वर्षदेखि उनी अन्नपूर्णमा कार्यरत छन् ।