स्वास्थ्य चौकीमा निर्मित खानेपानी परियोजनाको अनुगमन

846 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सल्यानटार -चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज र यूनिसेफ नेपालको साझेदारीमा सञ्चालित प्रिफ्याव द्धारा निर्मित स्वास्थ्य चौकी भवनमा खानेपानी व्यवस्थापन परियोजनाको अनुगमन गरिएको छ ।
Untitled-2 copyयहि पुस ६ र ७ गते भएको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख जगनाथ नेपाल , उप प्रमुख बिन्दा बराम नेपाली , त्रिपुरासुन्दरी गाऊँपालिका प्रमुख शम्भुकुमार थापा, स्वास्थ्य संयोजक ज्ञान वहादुर दहाल , खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जीनियर ओमहरी ताम्राकार , जिल्ला समन्वय समितिका समाजिक विकास अधिकृत विनोद अर्याल र पत्रकार राजेन्द्र वस्नेत लगायतको टोली संलग्न रहेको थियो ।
अनुगमन टोलीले सल्यानटार प्राथामिक स्वास्थ्य चौकीमा भएको कामको प्रगती स्थलगत अनुगमन गर्नुका साथै सस्थाले सञ्चालन गरेको नलाङ स्वास्थ्य चौकी सोलार लिफ्ट खानेपानी, आगिन्चोक, ज्यामरुङ, बसेरी चैनपुर, खरी र सत्यदेबीमा भएको खानेपानी योजनाको बिषयमा सस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले अनुगमन टोलीलाई जानकारी गराउनु भएको थियो ।