पुस २६ गतेदेखि छैटौँ धादिङ महोत्सव हुँदै

1278 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्ला समन्वय समिति   र नीलकण्ठ नगरपालिकाको सह–आयोजनामा धादिङ उद्योग वाणिज्य संघले यही २६ गतेदेखि माघ ८ गतेसम्म  छैटौँ  धादिङ महोत्सव तथा  प्रादेशिक औद्मोगिक ब्यापार मेला गर्ने भएको छ ।

kw2sFqOlcwTvmk (1)संघका अध्यक्ष बोधनाथ दुवाडीका अनुसार महोत्सवमा कृषि तथा साना घरेलु उद्योगबाट उत्पादित सामग्री, खनिजजन्य पदार्थ, जडीबुटी,  हस्तकलाका सामग्री , विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी  तथा बिक्रीकक्ष राखिनेछ ।

यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी रहनेछ । साथै  विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

नीलकण्ठ नगरपालिका ४ रायटार धादिङबेसीमा हुने  महोत्सवका लागि संघका अध्यक्ष  दुवाडीको संयोजकत्वमा ८५ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । महोत्सवलाई व्यवस्थित गर्न १६ वटा विभिन्न उप समिति समेत पनि गठन गरिएको आयोजकले जनाएको छ ।