छात्राहरु बेहोस हुन थालेपछि आदर्श मावि गजुरी पाँच दिनका लागि बन्द

940 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading_school_5z5pMb3qXLधादिङ, २७ पुस– धादिङको गजुरी गाउँपालिकामा रहेको आदर्श माविका छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको विद्यालयका प्रधानाध्यापक रागवलाल कर्णले जानकारी दिए ।

प्रअ कर्णका अनुसार मंगलबार विहान विद्यालयको प्राथनाको समयमा एकजना छात्रा वेहोस भएपछि अरु छात्राहरु पनि क्रमश वेहोस भएका थिए । मंगलबार ५ जना र बुधबार १२ जना छात्राहरु बेहोस भएर पढाइ प्रभावित भएको उनको भनाइ छ ।

‘हामी विद्यार्थीहरुलाई प्राथना गराइरहेका थियौं । एकजना छात्रा बेहोस भइन् ।उनलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लागियो । उनलाई उपचारका लागि लैजाने विद्यार्थी पनि बाटोमै बेहोस भए । यता विद्यालयमा रहेका अरु छात्राहरु पनि वेहोस हुन थाले ।’

उनले लोकान्तरसँग भने, ‘बुधबार दिउँसो १२ बजेपछि कक्षामा पढ्दापढ्दै छात्राहरु फेरी वेहोस हुन थाले ।  एकैदिन १२ जना विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द ग¥यौं ।’

मंगलबार देखि कक्षा ९ र १० मा पढ्ने छात्राहरु बेहोस हुन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरीएको विद्यालयका प्रधानाध्यापक रागवलाल कर्णले जानकारी दिए ।

यस्तो समस्या एक महिना अघि पनि देखिएको विद्यालयले जनाएको छ । एक महिना अघि पनि एकै दिन ५ जना छात्राहरु बेहोस भएको प्रअ कर्णले जानकारी दिए ।

मंगलबार वेहोस भएकी विद्यालयकी एक छात्राले आफु महिनावारी भएको बताइन् । उनले  भनिन्,‘म मंगलबार बिहान महिनावारी भएको थिए । पेटदुखीरहेको थियो । पढ्दापढ्दै झन् धेरै पेट दुख्यो । एकदम जाडो भयो, म काम्न थाले । त्यसपछि  साथीहरुले कक्ष बाहिर लादै गरेका थिए । मेरो शरीर निकै लुलो भएको थियो त्यसपछि बेहोस भएछु ।’

अस्पतामा लैजादा भने उनीहरुलाई कुनै रोग नभएको चिकित्सकहरुले बताएका थिए । चिकित्सकहरुले मास हिस्टेरिया पनि भनिने (कन्भर्सन डिसअर्डर)को समस्या भएको बताएपछि विद्यालयले विद्यार्थीहरुलाई मनोपरामर्श समेत दिएको लोकान्तर डट कममा खबर छ ।