धादिङको गजुरीबाट एक सय ६८ किलो चरेश बरामद- गल्छीका ४ जना पक्राउ

3383 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_1166धादिङ, २१,माघ ः धादिङ जिल्ला बाट लागु औषध चरेश तथा गाँजाको ओसार पसार बढ्दै गएपछि त्यस्को नियन्त्रणमा प्रहरी प्रशासनले कडाई गर्दै विभिन्न अभियान संचालन गरेपनि नियन्त्रण भने हुन सकेको छैन ।
ओसार पसारमा संलग्न व्यक्तिहरु पक्राउ गर्दै कानूनी कारवाहीका लागि प्रहरीले चलाएको अभियान संगै चरेश तथा गाँजाको तस्करी गर्नेहरु पनि नयाँ नयाँ रुट प्रयोग गर्दै ओसार पसारमा संलग्न हुने गरेको पाईएको छ । यसैक्रममा धादिङ प्रहरीले १६८ किलो ९ सय ग्राम लागु औषध चरेस सहित ना ३ ख ४३२४ नं. को ट्रक र ओसारपसरमा संलग्न ३ वटा मोटर साइकलमा प्रहरीले नियन्त्रणमा लिएको छ । सुराकीका आधारमा इलाका प्रहरी कार्यालयका गजुरीका प्रमुख प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाको नेतृत्वमा शुक्रवार विहान ३ वजे ना ३ ख ४३२४ नम्वरको ट्रक, वा २६ प ४४६५, वा ३३ प ७०२७ र वा ४० प २५८८ नम्वरको मोटर साईकल पोखरे खालाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो ।
प्रमुख राउतले आईतबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेलन गरी चरेस र ओसारपसारमा संलग्न व्यक्ति सार्वजानिक गर्नु भएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगर पालिका वडा नं. १० बस्ने ३७ वर्षिय रामकृष्ण श्रेष्ठ रहकेकाछन् । यसैगरी धादिङ जिल्ला गल्छी गाँउ पालिका वडा नं. ५ बस्ने २६ वर्षिय श्याम बहादुर तामाङ, ३१ वर्षिय विनोद तामाङ, गल्छी गाँउ पालिका वडा नं. ६ बस्ने ३४ वर्षिय नवराज तामाङ र वडा नं. ८ बस्ने ३० वर्षिय देव बहादुर तामाङ रहेकाछन् । उनीहरुबाट ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
ठुलो परिमाणमा गाँजा÷चरेस ल्याउदै गरेको सुराकी आधारमा शुक्रवार राती वजेबाट पोखरे खोला आसपास जंगलमा विभिन्न ७ वटा बाटोमा ढुकेर बस्ने क्रममा जंगलमा दुइ जनालाई भेटिएपछि उनीहरुले थप समूह बालाए पछि मैले (प्रहरी निरीक्षक) हतियार निकाले पछि उनीहरु भागेको थिए । ट्रकमा आएपछि चेक जाँच गर्न रोकी इलाका प्रहरी कार्यालय लादै गर्दा ट्रकलाई पिच्छा गर्दै आउने ३ वटा मोटर साइकलमा आउनेहरुलाई समेत पक्राउ गरिएको र पक्राउ पर्नेहरुले आफुहरु नेकपा माओवादी विप्लव समुहको कार्यकर्ता भएको र पार्टी संगठनको कामका लागि हिडेको प्रारम्भिक बयान दिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक तिमिल्सिनालाई प्रदेश प्रहरी कार्यालयले नगद सहित पुरस्कृत गरिसकेको छ ।

धादिङ न्यूज सिधै एन्ड्रोइड एपबाट खोल्न  यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।