सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

1375 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

28190912_1563075370454511_1384036150_n (1)धादिङ, ८ फागुन – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद गरेको छ ।
वोराभित्र टेलिभिजनको कार्टुन जस्तो बनाएर प्याक गरी बोकेर हिडिरहेको अवस्थामा प्रहरीले भेटेपछि वोरा फ्याँकेर भाग्न खोज्दा शंका लागि खानतलास गर्दा ३ किलो चरेश सहित दुई जना पक्राउ परेको बैरेनी प्रहरी चौकीले जनाएको छ ।
बैरेनी प्रहरी चौकीका प्रमुख सई मोहन थापाका अनुसार मंगलवार विहान १०.३० वजे तिर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ पुरानो गाउँका रामवहादुर तामाङ र मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नम्बर १ का विरवहादुर मोक्तान लाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको छ ।