पत्रकार अधिकारीलाई कृयाशिल पत्रकारिता पुरस्कार,धादिङ जिल्लामा जन्मिएका अग्रज पत्रकारहरुलाई सम्मान

821 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ डट कम अनलाइनका संस्थापक एवम विगत १५ बर्ष देखि धादिङ जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आईरहेका पत्रकार केशव अधिकारीलाई बिरेन्द्र साह स्मृत्ति कृयाशिल पत्रकारिता पुरस्कार वाट पुरस्कृत गरिएको छ ।
शुक्रवार धादिङबेसीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका नेता केपी शर्मा ओलीले पत्रकार अधिकारीलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र र नगद ३ हजार पांच रुपैयावाट पुरस्कृत गरेका हुन । खोजी पत्रकारिताको SAM_0836माध्यमबाट समाजमा ओझेलमा परेका बिषय र समस्यासंग जुधिरहेका वर्ग र व्यक्तिहरुको हितका लागि कलम चलाएको भन्दै प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले अधिकारीलाई यस बर्षको बिरेन्द्र साह स्मृत्ति कृयाशिल पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पन्ध्र बर्ष अघिदेखि पत्रकारिता गर्दै आईरहेका अधिकारी ११ बर्ष देखि अन्नपूर्ण पोष्ट दैनिकमा र उज्यालो नाइन्टि नेटवर्क लगायतका संचारमाध्यममा आवद्ध रहि पत्रकारिता गरिरहेका छन ।
प्रेस चौतारी नेपालका तत्कालिन केन्द्रीय सदस्य बिरेन्द्र साहको स्मृतिमा चौतारीको जिल्ला समितिले हरेक बर्ष जिल्लामा कृयाशिल एक जनालाई पुरस्कृत गर्दै आईरहेको छ । यसैगरी प्रेस चौतारी नेपालले आफ्नो जिल्ला परिषदको अवसर पारेर धादिङ जिल्लामा जन्मिएर देशका विभिन्न भागमा पुििग पत्रकारिता गर्दै आईरहेका अग्रज पत्रकारहरुलाई पनि शुक्रवार सम्मान गरेको छ ।
सम्मानित हुने पत्रकारहरुमा किशोर श्रेष्ठ, देवप्रकाश त्रिपाठी,ओम शर्मा,कमल रिजाल,गोकर्ण अर्याल,शालिकराम तिवारी,गोपाल तिवारी,देवराज रिमाल, एकल सिलवाल,दिपक रिजाल,सोहम सुवेदी,मिलन तिमिल्सिना, रुद्रप्रसाद भट्ट ऋषि धमला लगायत रहेका छन । एमाले नेता ओलीले सबैपत्रकार लाई दोसल्ला ओढाउनुका साथै कदर पत्र प्रदान गरेका थिए ।
यसैबिच प्रेस चौतारी धादिङको कृयाशिल पत्रकारिता पुरस्कारका लागि काठमाण्डौमा पर्यटन व्यवसायमा सक्रिय धादिङ जिल्लाको खाल्टे गाविसका चन्द्र रिजाल र धुवाकोट गाविसका राजेन्द्र सापकोटाले ५० –५० हजार का दरले एकमुष्ट एकलाख नगद सहयोग प्रदान गरेका छन । पुरस्कार कोषका लागि सहयोग गर्ने दुवैजनालाई पनि शुक्रवार धादिङबेसीमा सम्मानित गरिएको छ ।
पत्रकार सम्मान तथा पुरस्कार बितरण कार्यक्रमलाई एमाले नेता केपी शर्मा ओली,प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्की, नेपाल पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिम्सिना,नेकपा एमालेका पोलिव्युरो सदस्य राजेन्द्र पाण्डे र डाक्टर पुष्प कंडेल लगायतले सम्वोधन गर्नुभएको थियो ।