फागुन १६ गतेदेखी २७ गतेसम्म धादिङ महोत्सव हुने

2125 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


28467810_808319559366143_9074106331649072026_nधादिङवेसी – फागुन १६ गतेदेखी २७ गतेसम्म धादिङवेसीमा  धादिङ महोत्सव हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्लाशाखा धादिङले महोत्सवको  आयोजना गरेको हो ।

‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना हुने धादिङ महोत्सवको  स्टल निर्माण भइरहेको  अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए ।२ सय २० वटा स्टल रहने महोत्सवमा १ सय ८० वटा स्टल बुकिङ भइसकेको र स्थानीय उत्पादनहरुको प्रदशनीका लागि निशुल्क स्टल उपलब्ध गराइने महोत्सव आयोजक समितिले जानकारी दिएको छ । ‘ब्यापारिक हिसावले स्टल राख्ने स्थानीयहरुलाइ छुटको ब्यवस्था गरेका छौँ ।’ आयोजक समितिका अध्यक्ष रामलाल श्रेष्ठले भने, ‘प्रदशर्नी मात्रै गरिने स्थानीय उत्पादनहरुको स्टललाइ हामी निशुल्क गर्नेछाँै ।’ निकै धेरै छलफल तथा लामो तयारीपछि महोत्सवको आयोजना गरिएकाले अहिले बजारमा आएका विभिन्न हल्लाहरु निराधार रहेको र महोत्सव सफल बनाएरै छाड्ने श्रेष्ठले बताए ।


महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दुध तथा दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवासायीहरुको विशेष स्टलहरु, हस्तकला प्रदर्शनी तथा बिक्री, बंगालादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, नेपाल इन्डोनेसिया, इजरायल, इटली, मलेसिया, टर्की लगायतका देशहरुका कलाकारहरुको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संस्कृतिक प्रदर्शनी जिल्ला भित्रका खनिजजन्य पदार्थहरुको प्रदर्शनी तथा बिक्री, शैशिक सामग्रीहरुको प्रदर्शनी, बिक्री तथा जानकारी, आदिवासी जनजाति भेषभूषा, झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, इलेक्टोनिक्स वस्तुहरुको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि सम्बन्धी जानकारी, अटो मोबाइल्सको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा प्रविधिको प्रदर्शनी, धार्मिक तथा ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी तथा प्रवद्र्धन, रमाइलो मेला तथा विभिन्न जातिय खानाका परिकारहरु रहने छन ।  त्यस्तै महोत्सव अवधिभर हात्तिबाट धादिङवेशी बजार परिक्रमा तथा हेलिकोप्टरबाट जिल्लाको महत्वपूर्ण स्थलहरुको अवलोकनको ब्यवस्था पनि मिलाइएको छ ।

आफ्नो थोरै लगानीमा साना तथा मझौला व्यवसायमा संलग्न व्यवसयाीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शन÷ विक्री वितरण हुने हुनाले साना तथा मझौला व्यवसायीको हक हितको लागि यो महोत्वसव फलदायी बन्नेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष श्रेष्ठले बताए  ।