रेडक्रस उपशाखा बैरेनीको सभापतिमा केशव अधिकारी निर्वाचित

1427 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

28166988_1654822307889457_3467745168129732326_nबैरेनी – नेपाल रेडक्रस सोसाईटी बैरेनी उपशाखाको नयाँ नेत्तृत्वको चयन भएको छ । फागुन ११ गते शुक्रवार बैरेनीमा सम्पन्न भएको उपशाखाको छैटौं अधिबेशन तथा १६ औं साधारणबाट   केशव अधिकारीको सभापतित्वमा आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।अधिकारी रेडक्रस बैरेनी उपशाखाका संस्थापक सहसचिव हुनुहुन्छ ।  सर्वसम्मत रुपमा चयन गरिएको समितिको सदस्यहरुमा रमेश अधिकारी,सीताराम अधिकारी, केशव रिमाल, जयराम रिमाल, पार्वती पन्त, पार्वती खतिवडा, जयराम खतिवडा, सरोज तामाङ र रामवहादुर कार्की  रहेका छन् । कार्यसमितिको सदस्य पदमा चयन हुनुभएका रमेश अधिकारी संस्थापक सभापति, सिताराम अधिकारी संस्थापक सचिव हुनुहुन्छ । साधारण सभाले सभापति र बाँकी सदस्यहरु चयन गरेपछि कार्यसमितिको बैठकले उपसभापति, सचिव, कोषाध्यक्ष लगायत पदाधिकारीहरु चयन गर्ने रेडक्रसको बैधानिक व्यवस्था छ ।

mahotsab-web-site-adविधान अनुसार एक जना सदस्य मनोनित हुनेछ भने निवर्तमान सभापति पदेन सदस्य रहने व्यवस्था छ । नेपाल रेडक्रस सोसाइटी धादिङका  उपसभापति नारायणप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम  रेडक्रस बैरेनी  उपशाखाका सभापति साम्मराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो । अधिबेशनलाई जिल्ला शाखाका कोषाध्यक्ष दुर्लभकुमार तामाङ,जिल्ला शाखाका पुर्व मन्त्री एवम बैरेनी उपशाखाका संस्थापक सभापति रमेश अधिकारी,पुर्व सभापति राजन अधिकारी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख वलराम खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । यसै गरी कार्यक्रममा उपशाखाका पुर्व सभापतिहरु रमेश अधिकारी, नरेश खतिवडा,ध्रुवराज खतिवडा, राजन अधिकारीलाई सम्मान समेत गरिएको थियो ।   सभापतिमा चयन भएपछि अधिकारीले   लामो समयदेखि निक्रिय अवस्थामा रहेको बैरेनी रेडक्रसलाई सक्रिय पार्दै मानविय सेवाका कार्यमा समर्पित गराउने  वताउनु भएको थियो ।

२०५१ सालमा सहयोग समितिको रुपमा गठन भएको बैरेनी रेडक्रस स्थापनाको छोटो अवधिमै निकै कार्यक्रमहरुसम्पन्न गरेर चर्चामा आउनुका साथै उत्कृष्ठ उपशाखाको रुपमा पुरस्कृत भएको थियो । विगतमा नेत्तृत्वमा रहेका व्यक्तिहरुबाट रेडक्रस अभियानका गतिविधिहरुमा खासै चासो नदिंदा उपशाखा निष्क्रिय हुंदै गएको थियो ।