थाँक्रेमा मिनि ट्रक दुर्घटना,चालकको मृत्यु

1013 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

maxresdefaultसिम्ले– धादिङको थाक्रे गाँउपालिका वडा नम्बर १ गैरीगाउँ भन्ने स्थानमा गएराती मिनि ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ट्रकमा सवार ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्गको सिम्लेबाट मालसामान लिएर थाक्रे जाँदै गरेको बा १ ख ९८४२ नम्बरको आईचर ट्रक गए राति साढे ११ बजे तिर गैरीगाउँमा पुगेपछि सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा ट्रक चालक धादिङ थाक्रे गाउँपालिका वडा नम्बर १ का दल बहादुर तामाङको सोही ट्रकले च्यापिएर घटनास्थलमै ज्यान गएको अस्थाई प्रहरी पोष्ट सिम्लेले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका टिका राम तामाङ, राजेश तामाङ र कमल तामाङलाई भने तत्काल उद्धार गरि उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो । घाईतेहरुको ट्रमा सेन्टरमा उपचार भईरहेको र उनिहरुको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

(समाचारको तस्बिर गुगलबाट कपि गरिएको हो । )