डढेलोले आँपखोला गाउँमा खानेपानीको हाहाकार

950 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20180307_124906गल्छी, – जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ आँपखोला गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँ नजिकैको अँधेरीखोला सामुदायिक वनमा फागुन २० गते देखि लागेको डढेलोले १ हजार मिटर पाइप जलेपछि गाउँमा खानेपानीको हाहाकार भएको हो ।
डढेलोका कारण पाइप जलेपछि आँपखोलामा २० घरपरिवार खानेपानीबाट वञ्चित भएको स्थानीय रमेश अधिकारीले बताए । उनले भने, ‘जङ्गलमा लागेको डढेलोले गाउँमा विस्तार गरिएको खानेपानीको पाइप नष्ट बनाएको छ, गाउँ नजिकै खानेपानीको श्रोत नभएकाले स्थानीय महेशखोलाको धमिलो पानी ल्याएर खान बाध्य भएका छौँ ।’
20180307_133956अंधेरी खोला बनमा हरेक बर्ष जानीजानी डढेलो लगाउने गरेको स्थानीय बताउँछन् छन् । भुइँबाट घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण स्थानीय मध्ये कसैले अरुको आँखा छलेर डढेलो लगाउने गरेको गाउँलेहरु बताउँछन ।
तीन दिन देखि जारी डढेलोले बनमा ठूलो क्षति भएको छ । स्थानीयले दिएको जानकारीअनुसार त्यस क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, रुखपात जलेर नष्ट भएको छ । डढेंलो निभाउन स्थानीयले प्रयास गरेपनि सफल हुन नसकेको वताएका छन । लापरवाहीका कारण गाउँमा खानेपानीको समस्या सिर्जना भएकाले यस्ता गलत काममा संलग्न हुनेलाई पहिचान गरी उचित दण्ड सजायँ दिन स्थानीय तहका जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने माग गाउँवासीको छ ।