घर जलेपछि चोतेशका विमल चेपाङको परिवार बिचल्लीमा

875 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

28660900_1688913307822182_7832082989028493266_n

वेनिघाटरोराङ- धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को चोतेशमा मंगलवार दिउँसो आगोलागी हुंदा एउटा घर जलेर नष्ट भएको छ ।
मंगलबार दिउँसो आगलागी हुंदा स्थानीय विमल चेपाङको घर जलेर नष्ट भएको हो । आगलागीका कारण चेपाङ परिवारको ७ जनाको बिचल्ली भएको छ । घरमा भएको अन्नपात (मकै, कोदो) ,ओढ्ने ओछ्याउने ,लगाउने कपडा, भाँडाकुडा ,नेपाली नागरिकताको प्रमाण पत्रका साथै नगद ३० हजार समेत जलेर नष्ट भएको वताईएको छ ।

28685105_1688913494488830_2004762891526981071_nचुल्होमा रहेको आगो हावा लागेर बलेपछि आगलागी भएको स्थानीय सामाजिक कार्यकर्ता तुलसी थापाले वताउनु भयो ।आगलागीका कारण बिचल्लीमा  परेका चेपाङ परिवारलाई तत्काल सहयोगको खाँचो रहेको पनि थापाले वताउनु भएको छ ।

-तस्बिर सौजन्य पत्रकार तुलसी थापा