गन्तव्यमा भेटिए रमेश अधिकारी

1056 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४ फागुन –१०८ औँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा विहिबार धादिङबेसीमा गन्तब्य नामक कविता संग्रहको विमोचन गरिएको छ ।
महिलाको अवस्था र महिलाअधिकारको विषयवस्तुमा केन्द्रित भई कवि रमेश अधिकारीद्वारा लिखित गन्तव्य कविता संग्रहमा ५२ कविताहरु समेटिएको छ ।
नीलकण्ठ नगरपालिकाका प्र्मुख भिम ढुङ्गाना र उपप्रमुख मनराज भण्डारीले कविता संग्रहको विमोचन गर्नुभएको थियो ।
जिल्लाका अग्रज साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रममा १५ जना सर्जकहरुले कविता मार्फत महिलामाथी हुने हिंसाको विरुद्ध आवाज उठाएका थिए ।