नमूना घर बनाउनेले नै पहिलो किस्ता समेत पाएनन्

1829 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ, २९ फागुन – धादिङको गजुरी गाउँपालिका वडा न. ५ राइगाउँका ज्ञानबहादुर राइले बनाएको घर गाउँभरीकै नमूना घर हो । यस्तो घरको पनि पहिलो किस्ता नपाएको सुन्दा गाएापालिकाका अध्यक्ष र पुनरनिर्माण प्राधिकरणका इन्जिनियरले पहिले पत्याएनन् । जब राइले गाउँमा आयोजित सार्वजनिक सुनुवाइमा आक्रोसित हुँदै राखे बल्ल उनिहरु अचम्मा परे ।                               
                 गाउँपालिका र इन्सेकको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नमूना घरले मात्र होइन यस किसिमको समस्याले गर्दा गाएाबासीले घर निर्माण गर्न नै समस्या परेको गुनासो गरेका छन् । गजुरी गाउँपालिका–५, राइगाउँका विजय राइको भूकम्पले घर भत्किएएकोले पुनरनिर्माण प्राधिकरणले लाभग्राही सूचिमा राखेर अनुदान सम्झौता गरेको लामो समय भयो तर सरकारले दिने अनुदानको पहिलो किस्ता समेत नपाउँदा उनको घर निर्माण कार्य नै रोकिएको छ । जिल्लाका दक्षिणी क्षेत्रमा रहेको गजुरी गाउँपालिका–५ को राइगाउँमा रहेको १ सय ३० घरमध्ये १६ घरलेमात्र दोश्रो किस्ताको रकम पाएका छन् । गाउँमा प्राविधिकहरु आउँछन् । घर बनेको हेर्छन् तर उनिहरुको घरको निर्माणका बारेमा केही नभनेका कारण गाउँबासीले बनाएर घर निर्माण सम्पन्न भइसक्दा समेत रकम नपाएपछि पुनर निर्माण प्राधिकरणसंग गाएँबासी आक्रोसित बनेका छन् । ०७४ फागुन २९ गते राइगाउँमा गजुरीगाउँपालिका र इन्सेकको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइमा गाउँबासीको तर्फबाट भूकम्प पीडितहरुले गुनासै गुनासो गरेका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही सूचिमा नाम भएका व्यक्तिको मृत्यु भएकोमा नामसारी गर्नुपर्ने, लाभग्राही आमाको मृत्यु भएको र त्यसपछि घर निर्माण गरिरहँदा छोराहरुले अंस जसरी सरकारले दिएको रकम समेत भागबण्डा गर्न माग गरेपछि घर निर्माण नै रोकिएको, घर क्षति भएर पनि लाभग्राही सूचिमा नाम नपरेकाहरुले गुनासो गरेका थिए । गाउँमा पानी नभएका कारण समस्या रहेकोले घर निर्माणमा समस्या आएको छ भने २ दिनमा पालो गरेर २ गाग्री पानी खानु पर्ने बाध्यताले गर्दा राइगाएँमा पुनरनिर्माणको गति समेत ढिला भएको गाउँबासीको गुनासो छ । गाउँबासीले खानेपानी, महिलाको बजेट, कृषिमा लगानी बढाउनु पर्ने, लगायतका विषयमा समेत प्रश्न गरेका थिए । गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ न.वडाअध्यक्ष रामचन्द्र मिजार, गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना र कार्यक्रमका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले सहभागिको जिज्ञासाको जवाफ दिनुभयो ।
                यसैगरि पुनरनिर्माण प्राधिकरणका इन्जिनियर नारायण खनालले गाउँबासीको समस्या रहेको तर आफूहरुले काम गरिरहेको बताउँदै पहिलो किस्ता पनि रकम नपाउनेहरुले जसले सम्झौता गरिसकेको छ उसले केही समयमै रकम पाउने र गाउँमा उठेका गुनासाहरुको समाधान वडा कार्यालय र इन्जिनियरहरु बसेर समाधान गर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष बस्नेतले भूकम्प प्रभावितको समस्या समाधान गर्न लागि परेको, लाभग्राही सूचिमै नाम छुटेकाहरुले वडामार्फत सिफारिस गराएर आउन आग्रह गर्नुभयो । उपाध्यक्ष ढुंगानाले महिला बजेट र रकम अभावमा जिल्ला सदरमुकामसम्म जान नसकेर दोश्रो तेश्रो किस्ताका लागि रोििकएका लाभगा्राही, एकल महिला लगायतका समस्यामा परेकाहरुका लागि गाउँपालिकाले समस्या समाधान गर्ने भएकोले गाउँपालिकाको न्याकि समितिमा आउन आग्रह गर्नुभयो ।