logo

गाउँपालिका अध्यक्षको तलब ३१ हजार

820 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 हेटौंडा- प्रदेश ३ को सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा तोकेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्वन्धी विधेयक पास गरेको हो । यसलाई प्रदेशसभाले अनुमोदन गर्न बाँकी छ ।

सरकारको निर्णयअनुसार महानगरपालिकाका मेयरले ४६ हजार तलब पाउनेछन् । ३ हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता २ हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउनेछ । यात्रा विमा १० लाखको हुने विधेयकमा उल्लेख छ ।

उपमेयरले ४० हजार २००० र वडाध्यक्षले २८ हजार पाउनेछन् । यस्तै उपमहानगरका मेयरले ४० हजार २०० र उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार पाउनेछन् ।

नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हजार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार पाउनेछन् भने उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउनेछन् ।

जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका मेयरले सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २०० पाउनेछन् ।

यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनेछन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic