धादिङ संचार सहकारीको अध्यक्षमा पोषनाथ अधिकारी चयन

1591 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी-धादिङ जिल्लाका पत्रकारहरुद्धारा संचालित धादिङ संचार सहकारी संस्था लि. को सातौं बार्षिक साधारण सभाबाट आगामी तीन बर्षका लागि पोषनाथ अधिकारीको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ संचालक समितिको चयन गरिएको छ ।

 संस्थाको  सातौँ वार्षिक साधारणसभा आइतबार धादिङबेसीमा सम्पन्न भएको हो । साधारण सभाबाट संचालक समितिको उपाध्यक्षमा मुरारी अधिकारी र सानुबाबु तिमिल्सीना, महासचिवमा केशव अधिकारी, सचिवमा मनिष दुवाडी र कोषाध्यक्षमा बद्री अधिकारी सर्वसम्मत  भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद ढकाल, रामबहादुर ठकुरी (आशिष), गीता अधिकारी, निरमाया गुरुङ (डोल्मा) र सिर्जना खनाल चयन भएका  छन् ।

साधारण सभाले विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ । जस अनुसार लेखा समितिको संयोजकमा अर्जुन खतिवडा सदस्यहरुमा अर्जुनकुमार श्रेष्ठ र शिवराज आचार्य  त्यस्तै ऋण उपसमितिको संयोजकमा गीता अधिकारी सदस्यहरुमा सरिता श्रेष्ठ र सुदिप  कोइराला,शिक्षा उपसमितिको संयोजकमा नारायण सिलवाल, सदस्यहरुमा सीताराम अधिकारी र अनिता शाक्य रहेका छन् । सहकारी संस्थामा हालसम्म ५९ जना सदस्यहरु रहेका छन् ।  सहकारीले धादिङका  पत्रकारहरुको हक हित तथा सहकारी व्यवस्थापन सम्बन्धी विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।