श्रीमती हत्या गरेर फरार प्रकाश गल्छीबाट पक्राउ

985 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७- चैत्र । आफ्नै श्रीमती हत्या गरेर फरार रहेका  एक युवा  धादिङको गल्छीबाट पक्राउ परेका छन ।  श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोग लागेका प्रकाश तामाङलाई शनिबार धादिङ गल्छीबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौ चन्द्रागिरीमा बस्दै आएकी २३ वर्षीया रमिता भनिने नमुना लामाको हत्याको अभियोग लागेका प्रकाशलाई  अनुसन्धानका लागि पक्राउ गरि काठमाण्डौं पठाईएको गल्छी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नमुना र प्रकाशबीच ६ वर्ष अघि विवाह भएको हो । विवाह भएको ६ महिना पनि नपुग्दै उनिहरुका बिच मनमुटाव  भई विवाद हुंदै आईरहेको थियो । दुबैले एकाअर्कालाई शंका गर्ने र झगडा गर्ने गरेका कारण उनिहरुका बिच समस्या बढ्दै गएको प्रहरीले वताएको छ ।

नमुनाले बाहिरी केटाहरुसँग हिमचिम बढाएको र सोधपुछ गर्दा डिभोर्सको कुरा गर्ने गरेका कारण प्रकाशले २०७३ सालमा बिष सेवन समेत गरेका थिए । प्रकाशले प्रहरीलाई दिएको बयान अनुसार नमुना एक महिनाअघि नैकाप स्थित दिदीको घरमा गएकी थिइन् र घरमा बाबु र आमा बिरामी भएको र बच्चा एक्लै पर्दा पनि घरमा आएकी थिइनन् ।

उनी बिहीबार नैकाप पुगे तर, नमुनालाई भेटेनन् । शुक्रबार जाँदा नमुना कुवामा लुगा धोइरहेकी थिइन् । उनीहरुबीच त्यही विाद भयो र त्यही क्रममा प्रकाशले घरभित्र गएर छुरा ल्याई श्रीमतीको हत्या गरे । प्रकाश भागेर धादिङ गल्छीस्थित ठूलीआमाको घरमा घरमा बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।