अलपत्र बनेको ओपीडी भवनको निर्माण सुरु

893 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, चैत १९ – जिल्ला अस्पताल धादिङको अलपत्र परेको बहिरङ्ग शाखा, ओपीडी भवनको निर्माण कार्य सुरु भएको छ । रकम अभावको कारण देखाएर गएको मंसिर महिनादेखि रोकिएको भवन निर्माण कार्य अपुग रकम व्यवस्थापन गरी सुरु गरिएको हो ।

 

गएको फागुन २ गते सम्पन्न गर्ने गरी गएको वर्ष हिमालयन हेल्थ केयर नेपालले ओपीडी भवन निर्माण गर्ने सम्झौता गरेको हो । तर सम्झौता गरिएको समय सीमा सकिए पनि भवनले पूर्णता पाएको छैन ।

विभिन्न संचारमाध्यममा ओपीडी भवन अलपत्र भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि जिल्ला अस्पताल धादिङको ओपीडी भवनको निर्माण कार्य सुरु गरिएको हो ।  २०७५ असार मसान्तसम्ममा जिल्ला अस्पताल धादिङको भवनले पूर्णता पाउने ठेकेदार कम्पनीले जनाएको छ ।