मुक्तिनाथको बोनस हितग्राही खातामा

1467 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं -मुक्तिनाथ विकास बैंक लिमिटेडले २० प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले पुस ६ गतेसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीहरूको खातामा सो बोनस सेयर जम्मा गरेको हो ।

कम्पनीको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हालसम्म सेयर अभौतिक नगराएका सेयरधनीहरूलाई शीघ्र सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

पुस १९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सो बोनस सेयरको प्रस्ताव पारित गरेको थियो ।