महिला मानवअधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङको अध्यक्षमा पुनः गायत्री

1102 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महिला मानवअधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङको अध्यक्षमा पुनः गायत्री खतिवडा चयन हुनु भएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको सञ्जालको सातौ साधरणसभा तथा चौथो अधिबेशन बाट उपाध्यक्षमा मुना भट्ट ,सचिवमा ज्ञानु कडेल,सह-सचिवमा दुर्गा अधिकारी ,काेषाध्यक्षमा शुसिला भण्डारी ,सदस्यहरुमा दिपा कडेल,गंगा अधिकारी ,सीता रिजाल र गृष्मा दनै चयन हुनु भएको हो । २ जना सदस्य कार्यसमितिले मनोनित गर्ने वताईएको छ । सञ्जालले महिला हक अधिकारका निम्ति पैरवी,जनचेतनामूलक अभियान, दवाव कार्यक्रम सञ्चालन गर्नुका साथै अधिकार संरक्षणका निम्ति सरोकारवालाहरुसंग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।