ग्याँस बुलेट त्रिशूलीमा खस्यो, चालकको मृत्यु

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १४ बैशाख – धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ ।
भारतको रक्सौलबाट ग्याँस लिएर काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस शुक्रवार बिहान सडकबाट पल्टिएर त्रिशूली नदीमा डुबेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ ।