स्पेनमा नेपाली दुताबासले सेवा दिन शुरु गर्‍यो 

1396 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कृष्ण पौडेल 
मेड्रीड,  स्पेन । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ ।
नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो ।
मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु गरेको हो ।
नेपाली दुताबास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।
स्पेनका लागि नेपाली राजदुत भरत बहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा शुरु गरेकोमा खुशी व्यक्त गरे ।