बैदेशिक रोजगारीमा हुने जोखिम कम गर्न स्थानिय तहले अगुवाई गर्न सक्छ

1602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  •      गोर्कण रुपाखेती

नेपालमा वर्षेनी ४ लाखको हाराहारीमा यूवाहरु श्रम वजारमा आउछन् यसरी श्रम वजारमा आउने यूवाहरुलाई स्वारोजगार र नेपालकै कलकारखाना साथै उद्योगमा व्यवस्थापन गर्न सकेको पाईदैन ।
नेपाल को संबिधानले दिएको प्रदत्त अधिकारको उपयोग सिंहदरवारको अधिकार गाऊँमा भन्ने उद्घोष लाई उचित व्यवस्थापन गर्न लोकतान्त्रको सुन्दर पक्ष को रुपमा रहेको सबै तहको निर्वाचन सफल रुपमा सम्पन्न भएको छ । स्थानिय तहको निर्वाचन ,प्रदेस र संघिय निवार्चन मार्फत आवधिक निर्वाचित जनप्रतिनिधिहरु जनताले पाएका छन् । अव नेपालमा राजनितिक क्रन्तिको कोर्ष फेरीएको छ । यतिवेला सबै राजिनितिक दल साथै सरकारको उच्च प्रथामिकता आर्थिक समृद्धी मार्फत किाशओन्मुख राष्ट्रवाट विकशित राष्ट्रमा रुपान्तरण गर्नु रहेको छ ।
यसरी अभियानलाई सार्थक वनाउन नेपालको श्रमवजारमा आउने यूवाहरुको बिषयमा स्थानिय सरकार देखी सबै प्रकारका सरकारले योजना वनाउनु जरुरी रहन्छ । देश निर्माणको लागि आवश्यक पर्ने जनशक्ति (हाल दैनिक १५०० को संख्यामा ) बिदेश पलायन भएर वा जवानी र वल भएका यूवाहरुलाई अर्काको देशमा पठाएर समृद्धि सम्भव छैन तर्सथ नेपालमै विभिन्न अवसर सृजना गरी बिदेश मा सक्षमता नभएका यूवाहरुलाई पूर्ण रुपमा जान रोक लगाउन जरुरी छ । आधारभूत बिषयलाई यस लेखमा समावेश गरेको छु । यसका अन्य आयमका बिषयमा फेरी तपाईहरुको माझ ल्याउने छु
संघिय सरकारले गर्नु पर्ने पहल कदमी
१) यूवाहरुको चाहना वमोजिमको सिप प्रवाह गर्ने
२) स्वरोजगारीमा यूवाहरुको आकर्षण वढाउने
३) नेपालको रोजगारीमा यूवाहरुलाई बिमा , सेयरको हिस्सेदार र उपचारमा सहजताको अवसर सृजना गरिदिने
४) नेपाली श्रमिकहरुको आत्म सम्मान पुग्ने गतिबिधि लाई प्रोत्साहित गर्ने
५) बिदेश जाने मनासय वनाएका यूवाहरुको गन्तव्य मुलुकमा रोजगारीको लागि सुरक्षित र मर्यादित वनाउन श्रम सम्झौता गर्ने र अनुगमन गर्ने
६) हरेका स्थानिय तहवाट यूवारोजगारीको तथ्याँक संकलन र अभिलेखीकरण गर्ने वडा स्तरमा समेत बैदेशिक रोजगारीमा गएका यूवाको अभिलेख रहेने व्यवस्था गर्ने
७) बिदेशवाट प्राप्तभएको बिप्रेषण यूवाहरुको उद्यमशिलतामा लगानी गर्न प्रोत्साहित गर्ने निति अंगिकार गर्ने
८) बिदेशिएका परिवारलाई उनिहरुको परिवेशमा काम गर्ने अवसरहरु सृजना गराई बिदेशमा कमाएको पैसाको सहि सदुपयोग गर्न आर्थिक साक्षरता गतिबिधिहरु सञ्चालन गर्ने
९) बैेदेशिक रोजगारीको लागि चाहिने आधारभूत कागजातहरु स्थानिय तहमा अनिवार्य वुझाएको प्रमाणका आधारमा मात्र बिदेश जानपाउने व्यवस्था गर्ने
प्रदेश सरकारले ध्यान दिनु पर्ने
१) आफ्ना प्रदेश भित्र पर्ने यूवाहरुकोलागि व्यवशायिक सिप विकास
२) स्वारोजगारको लागि प्रोत्साहन
३) स्थानियतहको षमता विकास
४) प्रदेश भित्रको सम्भावनाको खोजि गर्ने
५) यूवामैत्री निति वनाइ श्रमको उचित सम्मान र यूवा उद्यमशिलताको अभियान चलाउने
६) हरेक घर एक रोजगारको प्रबन्ध गर्ने
७) श्रमकिलाई शेयरको मालिक वनाउन कर्मचारीलाई जसरी कल्याणकारी संचयकोषमा रकम जम्मा गर्ने गरेको छ त्यसै गरी कोष जम्मा गरी निर्माणहुने जलबिद्युत लगाएतका क्षेत्रमा लगानी गरी उक्त आयोजनाको मालिक वनाउने
स्थानिय तहले गर्नुपर्ने कामहरु
१) गाऊँ वा नगरपालिका भित्ररहेका यूवाहरुको अभिलेख तयार गर्ने
३) यूवाहरुको सक्षमता पहिचान गरी उनिहरुको चाहना र स्थानिय तहमा हुने सम्भावनाको पहिचान गरी रोजगारीको अवशर सृजना गर्ने
४) सिप र प्राबिधिक शिक्षालाई वस्ती वस्तीमा लैजाने
५) आफ्नो भुगोल भित्ररहेका यूवाहरुको सुरक्षा र उनिहरुको पेशा व्यवसायको बिषयमा नजिक वाट जानाकारी राख्ने
६) यूवा सूचना तथा स्रोत केन्द्रको स्थापना गर्ने
७) बिदेश गएका यूवाहरुको परिवारीक एकता र उद्यमशिलताको लागि बिशेष कायृक्रमको योजना तयार गर्ने
८) पेशा व्यवसायको आधारमा बिभिन्न समूहमा वर्गिकरण गरी उनिहरुको व्यवशायलाई कसरी टिकाउ गर्न सकिन्छ त्यसको खोजि गरी उनिहरुको कार्यक्षमता बृद्धि गर्न सहजिकरण गर्ने
९) यूवा श्रमिकहरुको स्वास्थ्य बिमालाई बिशेष महत्व दिने किनकि उनिहरु रोगी हुनु भनेको उत्पादनशिल जनशक्ति रोगीहुनु हो तर्सथ उनिहरुको बिषयमा अझै स्पाष्ट केन्द्रीत गरेर यूवा सूरक्षा योजना वनाउने
१०) बिभिन्न कारणवाट मृत्यू अंगभंग वा असक्त भएको यूवाहरु र उनिहरुको परिवारको बिषयमा अभिभावकत्व ग्रहण गर्ने कार्यक्रमको थालनी गर्ने ( यसका लागि धादिङमा थाक्रे गाऊँपालिका, सिद्धलेक गाऊँपालिका र गल्छी गाऊँ पालिकाले कार्यविधि तयार गरी यूवाहरुको पक्षमा न्यायोचित निर्णय को सुरुवात गरिसकेको छ )

(रुपाखेती धादिङमा सुरक्षित आप्रवासन परियोजना सामी सञ्चालन गरिरहेको संस्था सिर्डस धादिङको कार्यकारी निर्देशक हुनुहुन्छ ।)