गजुरी गाँउपालिकामा व्यवस्थापिका शैलीमा गाँउ सभा-९ वटा ऐन स्वीकृत

1765 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी, १० जेठ – आर्दश श्रोत केन्द्रको सभा हलमा गाँउपालिका उपाध्यक्ष, आठै वडाका अध्यक्षहरु, गाँउ कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु एवं प्रमुख प्रशासकीय प्रमुख सहित कर्मचारीहरु तोकिएको कुर्चीमा थिए । उनीहरु सवै गाँउ सभा तेश्रो गाँउ सभामा प्रारम्भको प्रतिक्षामा थिए । जव गाँउपालिका अध्यक्ष एंव तेश्रो गाँउसभाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत सभा हलको प्रवेश गरे सवै जना उठेर सम्मान प्रकट गरे लगत्तै राष्ट्रिय गान शुरु भयोे ।
राष्ट्रिय गान सकिए लगत्तै सभा अध्यक्ष बस्नेतले तेश्रो गाँउ सभा प्रारम्भ भएको जानकारी गराए । सभा प्रारम्भ भए लगत्तै गजुरी गाँउपालिका सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) सम्वन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७५, वडा अध्यक्ष एंव गाँउ सभा सदस्य चुडामणी कडेंलले रोस्टममा गएर प्रस्तुत गरे । कडेंलले प्रस्तुत गरेको नियमावलीको पक्षमा गाँउ सभा सदस्य कौशिला सेढाईले रोस्टममा पुगेर नियमावलीको औचित्य प्रस्ट्याउदै सर्मथन गरिन । सभाध्यक्ष बस्नेतले प्रस्तुत विधेयकमा संशोधन प्रस्ताव नपरेकोले हुन्छ भन्ने पक्ष र हुन्न भन्ने विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नहुठेकाले विधेयक सर्वसहमतिले स्वकिृत भएका जानकारी दिए । यसैगरी स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्य विधि २०७५, वडा अध्यक्ष एंव गाँउ सभा सदस्य राजकुमार पण्डितले प्रस्तुत गरे । पण्डिले प्रस्तुत गरेको कार्यविधिको पक्षमा गाँउ सभा सदस्य नेत्र खनालले कार्यविधिको औचित्य प्रस्ट्याउदै सर्मथन गरे । सभाध्यक्ष बस्नेतले प्रस्तुत विधेयकमा संशोधन प्रस्ताव नपरेकोले हुन्छ भन्ने पक्ष र हुन्न भन्ने विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नहुठेकाले विधेयक सर्वसहमतिले स्वकिृत भएका जानकारी दिए । यही क्रममा क्रमशः गाँउ कार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य ऋषीलाल श्रेष्ठले प्रस्तुत गरे । श्रेष्ठले प्रस्तुत गरेको कार्यविधिको पक्षमा गाँउ सभा सदस्य शोभा चेपाङले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन । न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अउनाउन पर्ने कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ उपाध्यक्ष एंव गाँउ सभा सदस्य सीता ढुंगानाले प्रस्तुत गरिन । ढुंगानाले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य शोभा चेपाङले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन । आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य सुरेन्द्र चेपाङले प्रस्तुत गरेन । चेपाङले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य पदम कुमारी अर्यालले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन ।
कृषि व्यवासाय प्रर्वद्धन गर्न बनेको विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य रामचन्द्र मिजारले प्रस्तुत गरे । मिजारले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य रामशरण लामिछानेले औचित्य प्रस्ट्याउदै सर्मथन गरे । सहकारी विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य अर्जन बहादुर भुजेलले प्रस्तुत गरे । भुजेलले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य ध्रुव सुवेदीले औचित्य प्रस्ट्याउदै सर्मथन गरे । एम.एम. रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य केशव अधिकारीले प्रस्तुत गरे ।अधिकारीले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य नेतानन्द थपलियाले औचित्य प्रस्ट्याउदै सर्मथन गरे । विपद जोखिम न्युनिकरण गर्न तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य राजकुमार दुंगानाले प्रस्तुत गरे । दुंगानाले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य कविता वरुवालले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन । सभाध्यक्ष बस्नेतले प्रस्तुत विधेयकमा संशोधन प्रस्ताव नपरेकोले हुन्छ भन्ने पक्ष र हुन्न भन्ने विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नहुठेकाले विधेयक सर्वसहमतिले स्वकिृत भएका जानकारी दिए ।
गाँउ सभा संसदीय तरीकाले सम्पन्न गर्ने एक मात्र गाँउपालिका हो । प्रशासकीय प्रमुख देविलाल साकोटाले स्थानीय सरकार भनेर संविधानले किटान गरेकाले संसदीय अभ्यास गरेको बताए । गाँउ सभा सदस्यहरुलाई सभा सञ्चालन तथा व्यवस्थापन कार्यविधिले निखारपना ल्याउने छ । बजेट सभामा अझ व्यवस्थित र मर्यादित गर्न कार्यविधिले सहयोग पु¥याउने बताए । गाँउ कार्यपालिका सदस्य तथा गाँउ सभा सदस्य वरुवालले संदस भन्ने सुनेको मात्र थिए । अहिले आफै गाँउ सभामा संसद बै.ठकको शैलीमा सभा गरिरहदाँ सिक्ने मौका पाएको छु । अझै गाँउ सभा सदसीयहरुलाई व्यवस्थित र मर्यादित संसदीय अभ्यास तालिम आवश्यक भएको बताईन । तेश्रो गाँउ सभाले विभिन्न ९ वटा ऐन स्वीकृत गरेको छ ।