असिना पानीले धुंवाकोटको अधिकांश गाउँबस्तीमा मकैबालीमा क्षती

1031 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र आसपासका क्षेत्रमा सोमबार दिउँसो परेको असिनापानीले असिना पानी परेको छ।

सोमबार दिउँसो १ वजे तिर हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा  असर पुर्‍याएको छ। सोमबार दिउँसो १ वजे तिर परेको असिनापानीले  जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को अधिकांश गाउँबस्तीमा   किसानहरूले लगाएको मकैवालीका साथै आँप, लिचि लगायतका फलफुलमा क्षति पुर्‍याएको धुंवाँकोटबाट वोधप्रसाद नेपालले जानकारी दिनु भयो ।

धुंवाकोटको साथै जिल्ला सदरमुकाम र आसपासका अधिकांश स्थानमा पनि असिना र पानीका कारण फर्सी, काक्रो, घिरौलालगायत नगदेबालीमा क्षति पु¥याएको किसानले बताएका छन् ।